काठमाडौं– निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ। बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले छिटफुटबाहेक ४५ वटै जिल्लामा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भएको जनाए। उनका अनुसार अर्घाखाँचीकाे सन्दिखर्कका २ मातदान केन्द्रमा मतदान स्थगित भएको छ। आयोगका अनुसार सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मत खसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।