• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ २४, २०८२ Sat, Feb 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बुधबारबाट एकल बिन्दु सेवा सुरु हुँदै, उद्योगसम्बन्धी सबै काम अब एकै ठाँउबाट

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३१, २०७६  २१:०४
1140x725

काठमाडौं- जेठ १ गते अर्थात बुधबारबाट एकल बिन्दु सेवा सुरु हुने भएको छ।

उद्योग व्यवसाय क्षेत्रका लगानीकर्ता र व्यवसायीहरुलाई फरक-फरक किसिमका प्रशासनिक सेवा एकै ठाउँबाट दिने उद्देश्यले ‘एकल बिन्दु सेवा कार्यालय’ सञ्चालनमा ल्याउन लागिएको हो।

त्रिपुरेश्वस्थित उद्योग विभागको कार्यालयमा एक बिन्दु सेवा कार्यालय रहनेछ।

मुलुकभित्र लगानीको वातावरण बनाउन तथा उद्योग व्यवसाय सञ्चालनका लागि सरकारी तवरबाट प्रशासनिक काम कारबाहीमा हुने झन्जटलाई निरुत्साहन गर्न एकल बिन्दु सेवा कार्यान्वयनमा ल्याइएको हो।

उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहका अनुसार ‘औद्योगिक व्यवसाय ऐन–२०७३’ अन्तर्गत व्यवस्था भएको एकल बिन्दु सेवा कार्यालय स्थापनाका लागि पूर्वाधार तथा प्रशासनिक संरचना तयार भइसकेको छ।

जेठ १ गते बिहान उक्त सेवाको औपचारिक सुरुवात गरिने र बुधबार बाट नै सबै सेवाग्राहीले सबै सेवा पाउने उनको भनाइ छ।

उक्त कार्यालयमा भूमिसुधार, नापी, विभाग भन्सार, कम्पनी रजिस्ट्रार कार्यालय, सामान्य प्रशासन, वाणिज्य, अध्यागमन विभाग लगायतका एक दर्जन बढी सरोकार कार्यालय रहने छन्।

एकल बिन्दु सेवा केन्द्रमा उद्योग दर्ता, उर्जा तथा सञ्चार लगायत पूर्वाधारको सुविधा, वातावरण प्रभाव मूल्यांकन, विदेशी विनिमय तथा भिसा सहजीकरण लगायतका इकाइ राखिएका छन्।

Ncell 2
Ncell 2

औद्योगिक व्यवसाय ऐन अन्तर्गत उद्योगले पाउने छुट, सुविधा वा सहुलियत प्रदान गर्ने निर्णय गरी सोको कार्यान्वयन गर्ने वा गराउने, उद्योगलाई आवश्यक पर्ने विद्युत, पानी, दूरसञ्चारका साधन, जग्गा, सडक जस्ता पूर्वाधार सेवा उपलब्ध गराउने सम्बन्धमा समयबद्ध व्यवस्था गर्न आवश्यक निर्णय गरी सोको कार्यान्वयन गर्ने, गराउने लगायतका काम एकल बिन्दु सेवामार्फत गर्न सकिनेछ।

औद्योगिक व्यवसाय ऐन, २०७३ ले एकल बिन्दु सेवा सम्बन्धी व्यवस्था गरेको छ।

ऐनले ‘उद्योग वा लगानीकर्तालार्ई प्राप्त हुने छुट, सुविधा वा सहुलियत र उद्योगको लागि आवश्यक पर्ने पूर्वाधार सम्बन्धी सेवा समयमै सरल र सहज रुपमा एकै थलोबाट उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी एकल बिन्दु सेवा केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याउन सक्नेछ’ भनी उल्लेख गरेको छ।

‘नेपालमा लगानी गर्ने कम्पनीहरूलाई लगानी मैत्री वातावरण तयार गर्न तथा उद्योगधन्दा विकास गर्नका लागि चाहिने प्रशासनिक कार्यहरुको काम एउटै थलोबाट गर्ने भन्ने अवधारणा नै एकल बिन्दु सेवा हो,’ महानिर्देशक सिंह भन्छन्, ‘स्वदेशी तथा विदेशी लगानीमा नेपालमा स्थापना हुने गरी आउने उद्योगहर"ले सबै कानुनी आधार पूरा गरिसकेपछि जुन बिन्दुमा सेवाग्राहीले फाइल दर्ता गरेको छ त्यही बिन्दुमा सरकारी प्रक्रिया  पूरा भएको प्रमाणपत्र पनि पाउने छन्,’ उनले भने।

मुलुकभित्रैका निजी क्षेत्रले होस् वा विदेशी लगानीकर्ताले होस्, नेपालमा लगानीको वातावरण बन्न नसक्नुमा प्रशासनिक काम कारबाहीमा हुने ढिलासुस्ती प्रमुख रहेको धारणा बनाउँदै आएका छन्।

लगानीकर्ताको यही धारणा चिर्नका लागि नै सरकारले एकल बिन्दु सेवा ल्याउने परिकल्पना गरेको हो।

एउटा कम्पनी स्थापना र त्यसपछिका प्रशासनिक काममा हुने उल्झन र व्यवधान धेरै रहेको र लगानीमैत्री वातावरणको माग गरिरहेको बेला एकल बिन्दु सेवाले उद्योग स्थापना गर्नको लागि थप सहज हुने र वैदेशीक लगानी भित्रिने विश्वास सरकारले लिएकोे छ।

नेपालमा आउने वैदेशिक लगानीलाई मध्यनजर गरी छुट्टै कार्यालय विस्तार गर्नु भन्दा उद्योग विभागको शाखाको रुपमा रहने एकल बिन्दु सेवा कार्यालयलाई नै त्यसको जिम्मेवारी दिन सकिने गरी पनि कार्यालयको कार्यक्षेत्र तोकिएको छ।

लगानी सम्मेलनको केही अगाडि मात्र संसदबाट स्विकृत भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनले पनि विदेशी लगानी प्रोत्साहन गर्ने उद्देश्यले एकल बिन्दु सेवा केन्द्र स्थापना गर्ने विषयलाई प्राथमिकतामा राखेको थियो।

लगानी सम्मेलनका क्रममा नेपालका तर्फबाट अधिकांश वक्ताले एकल बिन्दु सेवा सरकारले लागू गर्न लागेको र यसकारण लगानीकर्ताले एउटै कामका लागि विभिन्न निकाय धाउनुपर्ने अवस्थाको अन्त्य हुन लागेको धारणा राखेका थिए।

हतारमा काम 
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै एकल बिन्दु सेवा जेठ १ गतेबाट नै सञ्चालनमा ल्याउने घोषणा भएपछि कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनको काम हतार–हतारमा सकाएको महानिर्देशक सिंहको भनाइ छ।

कार्यालय स्थापना गर्ने त भन्यौं, तर धेरै काम गर्न बाँकी थियो। कार्यालय राख्ने भनेको ठाउँ नै बनिसकेको थिएन। सोमबार मन्त्रालयसँग छलफल गरेर कर्मचारी व्यवस्थापनलगायतका विषयहरु टुंग्यायौं,’ उनले भने।

अघिल्लो साता राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गदै जेठ १ गतेदेखि एकल बिन्दु सेवा केन्द्र स्थापना हुने बताएकी थिइन्।

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  २१:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : महामन्त्री पौडेल
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको जुम बैठक, यी हुन् छलफलका एजेन्डा
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इराकी सुरक्षाबलको कारबाहीमा सात जना आतंककारी मारिए शनिबार, माघ २४, २०८२
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : महामन्त्री पौडेल शनिबार, माघ २४, २०८२
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको जुम बैठक, यी हुन् छलफलका एजेन्डा शनिबार, माघ २४, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्