क्वालालम्पुर – एसियाली फुटबल महासङ्घ (एएफसी) ले मलेसियामा हुन लागेको पुरुषहरुको महादेशीय फुटबल प्रतियोगितामा (एएफसी कप) सबै रेफ्री महिला राखिएको छ।
जापानी मुख्य निर्णायक (रेफ्री) योशिमी यामाशिता र सहायक माकोटो बोजोनो तथा नाओमी तेशिरोगीलाई म्यान्मारको याङ्गुन युनाइटेड र कम्बोडियाको नागा वल्र्डबीचको खेल खेलाउन खेलाएका थिए।
थुवुन्ना रङ्गशालामा मङ्गलबार भएको यस प्रतिस्पर्धामा तीनै जना महिला निर्णायकले खेल सञ्चालन गरेका थिए। एएफसीले एसियाली फुटबल महासङ्घको इतिहासमा क्लबस्तरीय खेलका लागि तीनै जना निर्णायक पहिलोपटक महिला रहको जनाएको छ।
एएफसी कपका खेलहरुमा यसअघि महिलाहरुलाई सहायक निर्णायकको भूमिकामात्र दिइएको थियो। सन् २०१४ मा पहिलोपटक अस्ट्रेलियाका सराह हो र एलिस्सोन फ्लाइनलाई यस्तो जिम्मेवारी दिइएको थियो।
सन् २०१६ मा निर्णायकको दर्जा पाउनुभएकी अनुभवी यामाशिताले एएफसीको निर्णयप्रति प्रतिक्रिया गर्व लागेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।