डब्लिन– त्रिकोणात्मक सिरिजअन्तर्गत बंगलादेशले वेस्ट इन्डिजमाथि ५ विकेटको जित हात पारेको छ।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रन जोड्यो। उसका लागि साइ होपले ८७ रन जोडे भने जासन होल्डरले ६२ रनको योगदान दिए। बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमान ४ विकेट र मुस्ताफी मोर्ताजाले ३ विकेट लिए।
२ सय ४८ रनको लक्ष्य बंगलादेशले ४७.२ ओभरमा ५ विकेटको क्षतिमा पार गर्यो। उसक लागि मुस्ताफिज रहमानले ६३ र सौम्य सरकारले ५४ रन जोडे। मोहमद मिथुनको ४३ रन पनि महत्वपूर्ण रह्यो।
सिरिजमा बंगलादेशका ३ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको वेस्ट इन्डिजको ९ अंक छ। तीन खेलबाट २ खेल खेलेको आयरल्यान्ड भने बाहिरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।