भक्तपुर- भक्तपुरको बालकोटमा दुई समूहबीच झडप भएको छ।
एकाएक ५०/६० जनाको संख्यामा आएका युवाहरुले कांग्रेस समर्थकहरुमाथि आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन्।
कांग्रेसको पकड रहेको सो क्षेत्रमा वाम गठबन्धनका कार्यकर्ता आएर आक्रमण गरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। ती युवा बिहान १० बजेदेखि पटक-पटक आएर स्थानीयमाथि आक्रमण गरिरहेको उनीहरुको भनाइ छ।

भक्तपुर निर्वाचन क्षेत्र २ मा पर्ने सूर्यविनायक नगरपालिका ५ बालकोट रोज भिलेजमा झडप भएको हो।
प्रहरीले दुई दलका कार्यकर्ताबीच झडप भएको भन्ने खबर आएको र त्यसतर्फ सुरक्षाकर्मीको टोली गइरहेको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।