पाल्पा– पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् ।
हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन्।
उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् भने रिब्दिकोट छहरा गापा–५ मुजुङका विष्णु काफ्लेले मुजुङको बगैँचाबाट मतदान गरेका छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।