काठमाडौं– नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को लोगो र मस्कट सार्वजनिक गरिएको छ।
आगामी मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुने सागको लोगो र मस्कट विराटनगरका भोलानाथ पौड्यालले डिभिजन गरेका हुन्। लोगो र मस्कट ६ जनाले पठाएकोमा पौड्यालको उत्कृष्ट ठहर भएको हो। लोगो र मस्कट बनाएमार्तफ उनलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ।
सागको मस्कट कृष्णसार रहेको छ भने लोगोमा परेवाको आकृति छ। लोगोको पृष्ठभूमिमा रहेको रंगले स्वच्छन्त रुपमा उँभोतर्फ उडिरहेको परेवाको पखेटा र हाम्रो देशलाई प्रतिनिधित्व गराउने हिमाल रहेको छ। यस्तै देब्रेतर्फ परेवाको प्वाँखाकृतिले माथितरि उडन गति प्रदशा गरिरहेको डिजाइनर पौड्यालको भनाइ छ। यस्तै सात प्वाँखले रंगशालाले ट्रेक समेतलाई दर्शाउँछ भने त्यसमा प्रयुक्त रंगे सम्बन्धित राष्ट्रको झन्डा समेतङ्को प्रतिनिधित्व गरेको उनको भनाइ छ।
यहि महिना सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए। सागमा सहभागी हुने खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राखिनेछ। उनले आगामी भदौंमा राखेप च्याम्पियनसिप आयोजना गर्ने र त्यहाँ उत्कृष्ट खेल्ने खेलाडीले पनि साग भाग लिन पाउने अवसर भएको बताए।
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा संयोजक रहेको प्रतियोगिता तयारी तथा व्यवस्थापन मूल समारोह समितिको गत वैशाख २६ गते बसेको बैठकले नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गर्ने निर्णय गरेको हो।
.jpg)
प्रतियोगिताका लागि चाहिने भौतिक पूर्वाधर समयकै निर्माण सकिने सदस्यसचिव विष्ट बताए। उनले भौतिक पूर्वाधारको कारणले साग नरोकिने समेत दाबी गरे।
सागका लागि दशरथ रंगशालाको निर्माण साउनसम्म सकिने उनको भनाइ छ। उनले दर्शक बस्ने प्याराफिट र ट्र्याको काम सकिएको बताए। साथै भिआइपी प्याराफिटमा छाना हाल्ने काम तिव्र गतिमा भइरहेको उनको भनाइ छ। यस्तै पोखरा रंगशाला र सातदोबाटोको हिटिङ पौडी पोखरी पनि समयै निर्माण सकिने उनको दाबी छ।
प्रतियोगिताका लागि ४ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ। बजेटका लागि परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा उपसमिति समेत बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।