काठमाडौं– अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’को नयाँ गीत ‘अमला’ सार्वजनिक भएको छ।
मेलिना राई र एसडी योगीको आवाज रहेको गीतमा सुशान्त गौतम र योगीकै संगीत सुन्न सकिन्छ।
हर्क साउदको शब्द रहेको गीतको भिडियोमा अभिनेता दयाहाङसँगै, अल्लोना काबो लेप्चा, सिद्धान्तराज तामाङ फिचर्ड छन्।
गीतको भिडियोमा दयहाङ विद्यालयका बालबालिकाहरूसँग सिट्टी बजाउँदै रोमान्टिक शैलीमा प्रस्तुत भएका छन्।
निर्माण युनिटले फिल्मको गीतसँगै प्रदर्शन मितिसमेत एक महिना पर धकेलेको छ।
यसअघि आँउदो जेठ २४ गतेका लागि प्रदर्शन मिति तय गरिए पनि अब भने फिल्म असार १३ गते प्रदर्शनमा आउने छ।
बाबुछोराको प्रेम सम्बन्धको कथा रहेको फिल्ममा अनमोल गुरुङको निर्देशन रहेको छ।
फिल्ममा दयाहाङ, अल्लोना, सिद्धान्तका साथमा अरुणा कार्की र तुलसी घिमिरे लगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।