• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कागजपत्र नक्कली भएपछि कुवेत हिँडेका ४३ नेपाली विमानस्थलबाटै फर्किए

५० लाख ठग्ने पक्राउपछि छाडिए, फिर्ता भएन पीडितकाे रकम
64x64
नेपाल लाइभ सोमबार, वैशाख ३०, २०७६  ११:२९
1140x725

काठमाडौं– वैदेशिक रोजगारीका लागि कुवेत हिँडेका ४३ जना श्रमिकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता भएका छन्।

रोजगारीका लागि भन्दै शुक्रबार घरबाट बिदा भएर विमानस्थलसम्म पुगेपछि भिसा तथा टिकट सबै नक्कली भएपछि उनीहरु फिर्ता हुन बाध्य भएका हुन्। उनीहरुलाई शुक्रबार बेलुका ८ बजेको उडान समय भनिए पनि दिउँसो ३ बजे नै उनीहरु विमानस्थल पुगेका थिए।

विमानस्थलको वैदेशिक रोजगारका लागि प्रस्थान कक्षको ढोकामा पुगेर आफ्ना सबै कागजपत्रहरु देखाउँदा नक्कली भएको खुलेपछि सबै ४३ जना फर्काइएका थिए।

यसरी ठगिए युवा 
रोजगारीको खोजीमा भौँतारिरहेका अर्घाखाँचीका हरिप्रसाद श्रेष्ठलाई चिनेकै साथीले एकजना व्यक्तिले कुवेतको राम्रो कम्पनीमा कामका लागि धेरैलाई पठाउँदै आएको सुनाए। श्रेष्ठले साथीमाथि विश्वास गरे र उनले भनेअनुसार नै ति व्यक्तिलाई भेटे।

युवाहरुलाई राम्रो कमाइ हुने कम्पनीमा कुवेत पठाउने भन्ने व्यक्ति थिए स्याङ्जाका श्याम थापा। थापाले श्रेष्ठलाई कुवेतमा 'मार्केट'मा राम्रो काम भएकाले १ लाख २५ हजार रुपैयाँ लागत लाग्ने बताएका रहेछन्।

कुवेतमा मासिक कमाइ ४० हजार रुपैयाँभन्दा बढी हुने सुनाएपछि श्रेष्ठ कुवेत जान तयार भए। करिब ६ महिनाअघि कुवेत जान भन्दै भनिएअनुसार सबै पैसा बुझाएका श्रेष्ठलाई अहिले कुवेतका लागि भिसा आइसकेको भनेर सुनाएका रहेछन्।

'शुक्रबार बेलुका ८ बजेकाे 'फ्लाइट टाइम' भन्दै बोलाइयो। हामी फ्लाइट छुट्छ भनेर हामी सबैजना ३ बजे नै विमानस्थल पुगेका थियाैं', श्रेष्ठले घटनाबारे सुनाए।

३ बजे विमानस्थल पुगेका उनीहरु कुवेत उडाउने भन्दै पैसा बुझाएका व्यक्कति श्याम थापाको प्रतिक्षामा बसे। थापा नआएपछि उनीहरुले सम्पर्क गर्न खाेजे। तर, थापाकाे फोन 'स्विच अफ' थियो।

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगार विभागबाहिर भेटिएका सलार्हीका राम कार्कीले भने, ‘हामी कुवेत जाने भनेर खुसी हुँदै विमानस्थल सम्म आयौँ, थुप्रै समय कुरियो तर मान्छे फोन अफ गरेर फरार।’ परिवारकाे आर्थिक अवस्था सुधार गर्न भन्दै विदेश जान लागेका उनीहरु ठगिएपछि अहिले चिन्तामा छन्।

‘हामी घरबाट बिदा भएर हिँडिसकेका अब कुन मुख लिएर घर फर्कनु?', विभागमै भेटिएका अर्गाखाँचीकै राजेन्द्र थारु भन्छन्, 'हाम्रो विजोग भयो, एकातिर पैसा पनि गयो अर्कातिर समय पनि गयो।’

५० लाखभन्दा बढी ठगी

उनीहरुलाई विभिन्न कम्पनी वा सुपर मार्केटमा सजिलो काम लगाइदिने भनेर आश्वासन दिइएकाे थियो। अर्घाखाँचीका हरिप्रसाद श्रेष्ठ, राजेन्द्र थारु, राम कार्की, प्रेम बलाल, कृष्णबहादुर रायमाझीलगायत अन्य ४३ जनाले श्याम थापालाई १ लाख देखि डेढ लाख रुपैयाँसम्म रकम बुझाएका थिए।

Xtrem

Xtrem

यसरी हेर्दा थापाले करिब ५० लाखभन्दा बढीकाे ठगी गरेका छन्।

थापा पक्राउ परेकाे २४ घण्टामै रिहा, फिर्ता भएन पीडितकाे रकम

विमानस्थलबाट फिर्ता भएपछि २ दिनसम्म श्याम थापा सम्पर्कमा आएनन्। युवाहरुले प्रहरीमा उजुरी गरेपछि थापालाई प्रहरीले पक्राउ गर्‍याे। ठगिएको केही प्रमाण नभएकाले नियन्त्रणमा लिएकाे २४ घण्टापछि लिएको रकम फिर्ता गर्ने कागज बनाएर श्याम थापालाई प्रहरीले छाड्यो।

अहिले सम्पर्क गर्दा थापाले रकम भोलि दिने भन्दै झुल्याइरहेको पीडित युवाहरुले बताए।

थापा कुनैपनि म्यानपावर कम्पनीको एजेन्ट नभएको र युवाहरुलाई विदेशमा राम्रो काम र कमाई भएको भन्दै मोटो रकम असुलेर ठगी गर्दै आएको थाहा पाएकाे पीडितहरुले दाबी गरे।‍

वैदेशिक रोजगारीका नाममा युवाहरुलाई ठगी गर्ने क्रम बढ्दै गइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगारका नाममा ठगीएको प्रमाणका आधारमा विभागले पीडक र पीडित पक्षसँग छलफल गराई पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ। म्यानपावर कम्पनी र एजेन्टलाई कारबाही प्रक्रियामा समेल गराएपनि युवाहरु ठगिने क्रम भने घटेकाे छैन।

वैदेशिक रोजगार विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले भने, ‘वैदेशिक रोजगारकै नाममा ठगिएका तर प्रमाण नभएका कामदारको उजुरी विभागले लिँदैन।’

पीडितहरुसँग ठगिएको प्रमाण नभएको खण्डमा भने यस्ता उजुरी लिएर पीडितहरु महानगरीय प्रहरी परिसर काठमाडौं तथा अपराध अनुसन्धान महाशाखासम्म पुग्ने गरेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ११:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
प्रचण्डको चिन्ता : देशमा स्वाधीनताको संकट, जनतामा महँगीको मार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्