गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ।
नेपाली सेनाका चार वटा हेलिकप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुङबाट १२ जनाको उद्धार गरेको हो।
सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।