काठमाडौं- प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको दोस्रो अर्थात् अन्तिम चरण अन्तर्गत आज ४५ जिल्लामा मतदान सुरू भएको छ। हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लामा गत मंसिर १० गते नै निर्वाचन सम्पन्न भइसकेको छ। बाँकी पहाडी र मधेसका जिल्लामा आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो।
मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ। ४५ जिल्लामा १२८ निर्वाचन क्षेत्र रहेका छन्, जहाँ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १२८ सिट र प्रदेशसभाका लागि २५६ सिटका लागि मतदान भइरहेको हो।
आजको मतदानमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताहरु सहभागी हुनेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।