काठमाडौं– बिहीबार हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अनुगमन थप प्रभावकारी बनाउन राष्ट्रिय मानव अधिकार आयोगले उच्चस्तरीय टोली गठन गरेको छ।
आयोग अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा आयोगले मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाज, कानुन व्यवसायी, संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोली गठन गरेको हो। टोलीले काठमाडौं उपत्यकासहित आवश्यकता अनुसार विभिन्न स्थानमा अनुगमन गर्नेछ।
आयोगले निर्वाचन सुरक्षा व्यवस्था तथा मानव अधिकारको उचित सम्मान र संरक्षणका लागि भएका प्रयासबारे बुधबार गृहसचिव तथा सुरक्षा निकायका प्रमुखसँग छलफल समेत गरेको छ।
सो क्रममा आयोगका अध्यक्ष शर्माले निर्वाचनलाई शान्तिपूर्ण र मानव अधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै सुरक्षा प्रभावकारी बनाउन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।