काठमाडौं- कोलकाताका नाइटराइडर्सका अलराउन्डर आन्द्रे रसेल आइपिएल २०१९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। वेस्ट इन्डिजका रसेलले आइपिएलका १४ खेलमा ३ सय ६९ रन बनाउनुका साथै ११ विकेट लिएका थिए।
आइपिएलको उत्कृष्ट ब्याट्सम्यान (अरेन्ज क्याप) सनराइजर्स हैदरावादका डेभिड वार्नर भए। उनले १२ खेलमा ६ सय ९२ रन जोडेन क्रममा १ शतकसहित ८ अर्धशतक प्रहार गरेका थिए।
चेन्नई सुपरकिंग्सका बलर इमरान ताहिर उत्कृष्ट बलर (पर्पल क्याप) भए। उनले प्रतियोगिताभर २६ विकेट लिए।
मुम्बईका केइरन पोलार्डले सिजनको उत्कृष्ट क्याचको अवार्ड हात पारे। कोलकाताका सबमान गिलले इमर्जिङ प्लेयरको अवार्ड जित्न सफल भए। सनराइजर्सले फेयर प्लेको अवार्ड जित्यो। किंग्स ११ पन्जावका केएल राहुलले स्टाइलिस प्लेयरको अवार्ड हात पार्न सफल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।