काठमाडौं- स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले लिगको ३७औं चरणको खेलमा गेटाफेलाई पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २-० को जित हात पारेको हो। बार्सिलोनाका लागि अर्टुरो भिदालले ३९ मिनेटमा पहिलो गोल गर्दा खेल सकिन एक मिनेट बाँकी छदा गेटाफेका डाकोनामले आत्मघाती गोल गरेका थिए।
यता दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई सेभिल्लाले १-१ को बराबरीमा रोकेको छ।
रियल म्याड्रिड भने पराजित भएको छ। रियललाई रियल सोसिडाडले ३-१ ले पराजित गरेको छ। रियालका लागि ब्रहिम डियासले छैटौं मिनेटमा गोल गरे पनि सोसिडाडले तीन गोल फर्कायो।
लिगको उपाधि जितिसकेको बार्सिलोनाले अन्तिम खेलअघ ८६ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७५ र तेस्रो स्थानको रियलको ६८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।