• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हचुवाको सुरक्षा रणनीति : हुलमूलमा गिरफ्तारी, बम हान्नेहरु भूमिगत

64x64
नेपाल लाइभ बुधबार, मंसिर २०, २०७४  ०८:०४
1140x725

काठमाडौं- ११ जना पत्रकार यतिबेला प्रहरी हिरासतमा छन्। निर्वाचनविरोधी गतिविधिमा लागेको अभियोग उनीहरुमाथि छ। केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा लगाएर उनीहरुलाई थुनामा राखिएको छ। 

उनीहरु कसरी निर्वाचनविरोधी गतिविधिमा लागे? 

प्रहरीले प्रमाण जुटाउन सकेको छैन। 

उनीहरु जस्तै करिब ६ सय व्यक्तिलाई बिनाप्रमाण प्रहरीले निर्वाचनविरोधी गतिविधि गर्न सक्ने आशंकाकै भरमा थुनामा राखेर मुद्दा चलाइरहेको छ। तर, सर्वसाधारणकै ज्यान ज्याने र घाइते बनाउने गरी विस्फोट गराउनेहरु भने पक्राउ पर्न सकेका छैनन्। 

निर्वाचन सुरक्षाका नाममा प्रहरीले घटनासँग असम्बन्धित सयौं व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्दा र अपराधमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन नसक्दा चुनावी सुरक्षामा थप आशंका बढ्दै गएको छ। 

प्रहरी प्रधान कार्यालयको मंगलबार साँझसम्मको तथ्यांकअनुसार ९ सय ५१ जनालाई मुद्दा चलाएर हिरासतमा राखिएको छ। जसमध्ये ६ सय ८ जना नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएकै आरोपमा थुनामा छन्।

प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपाने भने सोधपुछका लागि केही व्यक्तिलाई पक्राउ गरेर छाडिएको भए पनि निर्दोषहरुलाई मुद्दा नचलाइएको दाबी गर्छन्। 

कमजोर अनुसन्धान 
अहिलेम्म ५० भन्दा धेरै स्थानमा उम्मेदवारलाई लक्षित गरी विस्फोटका घटना भएका छन्। दाङमा त विस्फोटमा परी घाइते भएका म्यादी प्रहरीको उपचारका क्रममा ज्यान नै गयो। 

Ncell 2
Ncell 2
nimb
nimb

उदयपुर र रौतहतमा भएका विस्फोटमा उम्मेदवार तथा सर्वसाधारण गम्भीर घाइते भए। सोमबार राजधानीमा कांग्रेसका उम्मेदवार गगन थापामाथि लक्षित गरी भएको विस्फोटमा दुई जना गम्भीर घाइते भएका छन्। तर, यी घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। 

‘यसरी निर्दोषहरुलाई थुन्दा उनीहरुमा राज्यप्रतिको नकारात्मक भावना र आक्रोश झन् बढ्छ,’ एक पूर्व सुरक्षा अधिकारी भन्छन्, ‘गृह मन्त्रालयले कमजोर सूचना संयन्त्रको गल्ती लुकाउन यसरी जभाभावी पक्राउ गरेर थुन्नु गलत हो।’

निर्दोषलाई पक्राउ गरेको उजुरी बढेपछि राष्ट्रिय मानवअधिकार आयोगले सोमबार विज्ञप्ति नै जारी गरी दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ। 

सूचना संयन्त्र असफल  
निर्वाचन सुरक्षा बलियो बनाउन नसकेको भनेर प्रहरीको व्यापक आलोचना भइरहेको छ यतिबेला। जसरी प्रहरीको सूचना संयन्त्र कमजोर छ, घटनापछिको अनुसन्धान पनि फितलो देखिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नुवाकोटमा कांग्रेस उम्मेदवार डा रामशरण महतलाई लक्षित गरी भएको विस्फोटको घटनामा संलग्नहरुलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। उदयपुरमा कांग्रेस उम्मेदवार नारायण कार्कीमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्। दाङ तथा रौतहटमा भएका ठूला विस्फोटमा संलग्नहरुसम्म प्रहरी पुग्न सकेको छैन।

राजधानीमै सोमबारको विस्फोटमा संलग्न भएको आशंकामा पक्राउ परेका सबै छुटिसकेको छन्। वास्तविक दोषी समातिएका छैनन्।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपाने भने अनुसन्धानमा समय लाग्ने तर सबै दोषी पक्राउ पर्ने बताउँछन्। सूचना संयन्त्रमा असफल भएपछि राष्ट्रिय अनुसन्धान विभागको भूमिकामाथि समेत आलोचना भएको छ। 

कहाँ चुक्यो गृह मन्त्रालय? 
सुरक्षा कमजोर हुनुमा गृहको कमजोर सुरक्षा रणनीति नै प्रमुख कारण हो। गृहले स्थानीय तहको सुरक्षा अवस्थालाई आँकलन गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीति बनाएको थियो। स्थानीय तहमा पनि विस्फोटका घटना भएका थिए। तर, ती सामान्य मात्र। मतदातालाई नै त्रसित बनाउने किमिसका थिएनन्। 

सोही आधारमा यसपटक गृहले रणनीति बनायो, सुरुमा भएका विस्फोटहरुलाई गम्भीर रुपमा लिएन। उनीहरुप्रति नरम र राजनीतिक व्यवहार गर्‍यो। जब विस्फोटका घटना बढ्दै गयो त्यसपछि मात्र देशभरिका नेकपाका नेता तथा कार्यकर्तालाई पक्राउ गरी थुन्न थाल्यो। त्यसपछि विस्फोट बन्द हुने सुरक्षा अधिकारीहरुको आँकलन थियो। तर, झन् ठूला विस्फोट हुन थाल्यो। उम्मेदवार मात्र होइन मतदाता नै त्रसित हुने अवस्था सिर्जना भइसकेको छ। 

सुरक्षा योजना असफल हुनुमा सूचना संयन्त्रको असफलतालाई नै प्रमुख कारण भएको गृहकै अधिकारीहरुले स्विकारिसकेका छन्। नेकपाको चुनावविरोधी गतिविधिको बारेमा सूचना लिएर ‘प्रोएक्टिभ’ पुलिसिङ गर्न सकेन। गृह मन्त्रालयले समेत सम्हालेका प्रधानमन्त्रीले समय दिन नसक्नु, प्रहरी नेतृत्व कमजोर हुनु र खराब प्रहरीहरुले महत्वपूर्ण कार्यालयको इन्चार्ज पाउनुलाई पनि सुरक्षा खस्कनुको कारण मानिएको छ। 

चुनावविरोधी घटनाका रुपमा मात्र लिनु हुँदैन : पूर्वडिआइजी मल्ल 
पूर्व डिआइजी हेमन्त मल्ल अहिले भएका विस्फोटका घटनालाई सरकारले चुनावविरोधी गतिविधिमा रुपमा मात्र लिन नहुने बताउँछन्। 

‘सूचना संयन्त्रमा सबै निकायको कमजोरी देखिसकेको छ,’ उनी भन्छन्, ‘अहिले भइरहेको घटनाको दोष प्रहरीलाई मात्र दिन मिल्दैन, सरकारले यसलाई फरक तरिकाले नसोच्ने हो भने पछि ठूलो समस्या बन्न सक्छ।’ चुनावपछि पनि यस्ता घटनाहरु हुन सक्ने उनको आशंका छ। 

कहाँबाट भित्रिइरहेछ विस्फोटक पदार्थ? 
अहिले विस्फोट भइरहेका अधिकांश बम नयाँ भएको प्रहरी अधिकारीहरु बताउँछन्। यसले सीमाको कमजोर सुरक्षा अवस्था प्रस्ट हुन्छ।  

माओवादीको सशस्त्र द्वन्द्वकालमा लुकाइएकाहरु विस्फोटक पदार्थसमेत अहिले प्रयोग भएको आशंकासमेत गरिएको छ। 

प्रहरी प्रवक्ता नेउपाने भने अहिले चुनावविरोधी गतिविधिमा प्रयोग भएका धेरैजसो बम घरेलु भएको बताउँछन्। ‘धेरैजसो तर्साउनका लागि बारुद भरेर राखिएका सामान्य खालका विस्फोटक पदार्थहरु छन्,’ उनले भने।
 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४  ०८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्