काठमाडौं- इंग्लिस प्रिमियर लिगको अन्तिम चरणको खेल आज हुँदै छ। आज राति पौने आठ लिगको अन्तिम चरणका १० खेल एक साथ हुँदैछन्।
आजै राति उपाधि टुंगो लाग्दैछ। शीर्ष स्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको लिभरपुल मध्ये एकले उपाधि जित्नेछ।
अन्तिम खेलअघि सिटीको ९५ अंक छ भने लिभरपुलको ९४ अंक छ। सिटी र ब्रिङ्टनबीच तथा लिभरपुल र वुल्भ्सबीच प्रतिस्पर्धा हुनेछ। सिटीले जित हात पारे उपाधि जित्नेछ भने लिभरपुलको २८ वर्षपछि उपाधि जित्ने सपना चकनाचुर हुनेछ।
सिटी बराबरी रोकिएको अवस्थामा वा हारेको अवस्थामा भने लिभरपुलको उपाधि जित्ने सम्भावना हुनेछ। सिटीले अंक गुमाएको अवस्थामा लिभरपुलले जित हात पारे उपाधि जित्नेछ। लिभरपुलले अंक गुमाए सिटी पराजित भए पनि उपाधि जित्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।