म्युनिख- वायर्न म्युनिखले एक खेलअघि जर्मन बुन्डेस लिगाको उपाधि जित्ने अवसर गुमाएको छ। अन्तिम खेलअघि वायर्नलाई आरबी लेइपजिगले गोलरहित बराबरीमा रोकेपछि उपाधि टुंगो अन्तिम दिन लाग्ने भएको हो।
शीर्ष स्थानको वायर्न बराबरीमा रोकिएको दिन दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले डसेलड्रोफलाई ३-२ ले पराजित गरेर उपाधि जित्ने सम्भावना बाँकी रहेको छ।
आगामी १८ मेमा हुने अन्तिम खेलअघि वायर्नको ७५ अंक छ भने डर्टमुन्डको ७३ अंक छ। अन्तिम दिन वायर्नले फ्रान्कफर्ट र डर्टमुन्डले मोन्चेनलाबागसँग खेल्दैछन्। वायर्नले हारे मात्र जित हात पारेको डर्टमुन्डले उपाधि जित्नेछ। बराबरी वा जित हात पारे वायर्न च्याम्पियन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।