काठमाङौं- गणेशमान सिंह एसइई कप फुटसलको उपाधि ब्राइटफ्युचर र कुमारी फुटसले हात पारेका छन्।
मण्डिखाटारस्थित ग्रासरुट फुटसल सेन्टरमा भएको प्रतियोगिताको छात्रातर्फको उपाधि भिडन्तमा कुमारी फुटसलले नेपालय स्कुललाई ४-१ गोल ले हरायो। छात्रतर्फ ब्राइटफ्युचर स्कुलले ढुकु फुटसललाई सडन डेथका आधारमा पराजित गर्दे उपाधि हात पार्न सफल भएको हो।
प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई पूर्वउपप्रधानमन्त्री तथा गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह काँग्रेस नेता रामहरी खतिवडा प्रदेश सांसादहरु न्हुच्छेनारायण श्रेष्ठ, राधा घले, भिमसेन खत्री, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्वाङ्घ, महासचिव इन्द्रमान तुलाधर ,एन्फा फुटसल किमिटि संयोजक तथा एन्फा सदस्य दावा लामा, बुनपा १० का अध्यक्ष नवराज भट्टराई लगायतले पुरस्कृत गरेका थिए।
सो अवसरमा नेपाली राष्ट्रिय टिमका गोलकिपर विशाल श्रेष्ठ, उमेर समुहकी क्याप्टेन प्रिति राई, कराँते निर्णायक सृजना अधिकारी, संगीतकार शशी विक्रम थापा लाई विशेष सम्मान समेत प्रदान गरिएको थियो। प्रतियोगिता बैसाख २० देखि सञ्चालन भएको थियो। प्रतियोगिताका देशभरका गरी छात्र तर्फ ३९ तथा छात्रा तर्फ ९ टिमको सहभागीता रहेको थियो। कार्यक्रम काठमाडौं खेलकुद समाजका अध्यक्ष दामोदर भट्टराई(बद्री)को अध्यक्षतामा सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।