काठमाडौं– शंकरदेव क्याम्पसको आयोजना तथा चन्द ब्रदर्श प्रालिको व्यस्थापनमा एसडिसी इन्टर कलेज टियु बिबिए/बिआइएम क्रिकेट प्रतियोगिता हुने भएको छ।
टी–२० को फर्म्याटमा आयोजना हुने प्रतियोगिता आगामी बैशाख ३० गते देखि जेठ १० सम्म सञ्चालन हुने कार्यक्रमका व्यवस्थापक रविन्द्र चन्द ठकुरीले जनाकारी दिएका छन्।
प्रतियोगितामा बिबिएतर्फ १९ वटा र बिआइएमतर्फ ७ वटा कलेज गरी २६ टिमको सहभागिता हुनेछ। प्रतियोगिताको गत संस्करणमा बिबिए र बिआइएम दुवैतर्फको उपाधि शंकरदेव कलेजले जितेको थियो।
प्रतियोगिताको सबै खेल मुलपानी मैदानमा संचलान हुनेछ।
बिबिएको विजेताले ७० हजार र उपविजेताले ३५ हजार पुरस्कार प्राप्त गर्नेछ। यस्तै बिआएमको विजेताले ३० हजार र उपविजेताले १० हजार पाउनेछन्। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई पनि पुरस्कार प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।