काठमाडौं- फिल्म ‘काउसो’को ट्रेलर सार्वजनिक भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सामाजिक कथावस्तुमा तयार फिल्मको ट्रेलरमा सविन श्रेष्ठ, रमेश बुढाथोकीलगायत कलाकार 'फिचर्ड' छन्।
अर्नभ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सविन र रमेशका साथमा अर्जुन गुरुङ, रामचन्द्र अधिकारी, नविन आचार्य, सुरेन्द्र चापागाईं, सन्नी भट्टराई, सोनीका बास्तोलालगायतको अभिनय देख्न सकिन्छ।
मदन घिमिरेले निर्देशन रहेको फिल्म जेठ १७ बाट प्रदर्शनमा आउने छ।
फिल्ममा विकास चौधरीको संगीत, शंकर महर्जनको द्वन्द्व, विक्रम स्वाँरको कोरियग्राफी तथा रामेश्वर हुमागाईंको सम्पादन रहेको छ।
ट्रेलर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।