डडेल्धुरा– दार्चुलामा आफ्नै छोरीलाइ जिउँदै जलाउने आमा बाबु पक्राउ परेका छन्।
जिल्लाको व्यास गाउँपालिका–५ चुकपानी बस्ने एक दम्पतीले आफ्नै छोरीलाई जिउँदै जलाएको आरोप लागेको छ।बुबा २४ वर्षीय नवीन विष्ट र आमा शिला विष्टले १० महिनाकी छोरी अनुस्का विष्टलाइ जिउँदै जलाएको स्थानीयले बताएका छन्।
विष्ट दम्पतीले बिहीबार राति १० बजे घरबाट दुई सय मिटर टाढा रहेको सुकेको खरको थुप्रोभित्र राखेर बाहिरबाट आगो लगाइ छोरीलाइ मारेको प्रहरीले जनाएको छ।
छोरीको हत्या गरेर भाग्ने क्रममा स्थानीय व्याक्तिहरूले दुवैलाई नियन्त्रणमा लिएर प्रहरीलाइ खबर गरेका थिए।
अहिले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।