काठमाडौं- नेपाली कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापा बम विस्फोटमा घाइते भए पनि सिफलमा आयोजित चुनावी सभामा पुगेका छन्। नेता थापाले सभालाई केहीबेरमा सम्बोधन गर्दैछन्।
आज बिहान बुढानीलकण्ठ स्थित चपलीमा घरदैलो कार्यक्रममा रहेका बेला थापालाई लक्षित गरेर बम विस्फोट हुँदा उनीसहित ११ जना घाइते भएका थिए। विस्फोट लगत्तै त्रिवि शिक्षण अस्पतालमा नेता थापासहित सबै घाइतेलाई उपचारका लागि लगिएको थियो। थापाको कान र ढाडमा चोट लागेको थियो। चुनाव प्रचारको अन्तिम दिन भएकाले उपचार लगत्तै थापा आफ्नो पूर्वनिर्धारित सभामा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।