• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जुनार खेती गर्ने कृषकलाई परिचयपत्र

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २७, २०७६  ०७:४७
1140x725

सिन्धुली– सिन्धुलीमा व्यावसायिक रूपमा जुनारको खेती गर्ने कृषकलाई परिचयपत्र दिइएको छ। वास्तविक जुनार कृषकको पहिचान गरी जुनारको गुणस्तरीय उत्पादन गर्ने सोचका साथ जुनार कृषक परिचयपत्र दिइएको हो।

जिल्लाको कमलामाई नगरपालिका–३ जलकन्या, सुनकोशी गाउँपालिका–७ मझुवा, गोलन्जोर गाउँपालिका–१ डुडभञ्ज्याङ, गोलन्जोर गाउँपालिका–२ बितिजोर, गोलन्जोर गाउँपालिका–३ भुवनेश्वरी, गोलन्जोर गाउँपालिका–४ तीनकन्या, गोलन्जोर गाउँपालिका–५ रतनचुरा, गोलन्जोर गाउँपालिका–६ वाशेश्वर र तीनपाटन गाउँपालिका–७ तोश्रामखोलाका झण्डै १०० जुनार कृषकलाई परिचयपत्र प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (जुनार सुपरजोन) सिन्धुलीका वरिष्ठ कृषि विकास अधिकृत देवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार डुडभञ्ज्याङका ६६, बितिजोरका १ सय ८६, भुवनेश्वरीका १ सय ९, तिनकन्याका ५ सय ६५, रतनचुराका ३ सय ८६, वाशेश्वरका ६०, जलकन्याका १ सय १९, सुनकोसीका २ सय ५२ र तोश्रामखोलाका ६२ जुनार कृषकलाई पनि परिचयपत्र प्रदान गरिने छ।

अहिले परिचयपत्र तयारी रहेको र प्रमाणित भएका परिचयपत्र वडा कार्यालयमार्फत् धमाधम वितरण हुने उनको भनाइ छ।

व्यावसायिकरूपमा जुनारखेती गर्ने किसानको पहिचान गरी क्षमता अभिवृद्धि गरी जिल्लाको जुनार उत्पादन वृद्धिसँगै जुनारमा प्रकोपका रूपमा देखापरेको ब्याक्टोसेरा मिन्याक्सलाई मार्न यस परिचयपत्रले सघाउने उनले बताए।

'कृषक परिचयपत्रले जुनार कृषकको तथ्यांक मात्र सङ्कलन नगरी यसबाट जुनार कृषकका जुनार, निबुवा, कागती, सुन्तलाको बोटको समेत विवरण थाहा हुनेछ, साथै जुनारको बोट सङ्ख्या, फल्ने–नफल्ने बोटको विवरण उल्लेख हुने भएकाले जुनार कृषकले वार्षिक कति नयाँ बोट लगाए र कति बोटबाट आम्दानी लिए भन्ने परिचयपत्रले खुल्ने छ', उनले भने। 

विगतका दिनमा वास्तविक जुनार कृषक कार्यालयको सम्पर्कमा नआउँदा जुनारको किरा निराकरण गर्न समस्या भएको थियो। उनले भने, 'अब जुनार फल्ने बोटको वास्तविक तथ्यांक आउने भएपछि जुनारको ब्याक्टोसेरा मिन्याक्स मार्नका लागि प्रोटिन वेट स्प्रे गर्न सहज भएको छ।'

सुरुमा आफू कार्यालय प्रमुख भएर आउँदा वास्तविक जुनार किसानले जुनार सुपरजोनबाट सेवासुविधा तथा परामर्श नपाएको असन्तुष्टि धेरै रहेको पाएको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

वास्तविक जुनार कृषकलाई व्यावसायिक खेतीतर्फ प्रेरित गर्न र जुनारको व्यावसायिक खेती गर्ने नयाँ किसानको सङ्ख्या थप्नसमेत किसान परिचयपत्रले सहयोग गर्ने उनको विश्वास छ।

कार्यालयले जुनार कृषक परिचयपत्र लिएका जुनार किसानको क्षमता अभिवृद्धि, किरा निराकरण, बगैँचा व्यवस्थापनको बारेमा जानकारी दिई साना मेशिनरी तथा आवश्यक अन्य उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए।

विगतभन्दा यस वर्षबाट वास्तविक जुनार किसानको हातमा जुनार खेतीका लागि आवश्यक पर्ने कृषि औजार दिने अभियान सञ्चालन गरिनेसमेत उनको भनाइ छ। सुरुमा परिचयपत्र लिन नमान्ने कृषक परिचयपत्र हुँदा ५० प्रतिशत अनुदानमा आवश्यक औजार पाउने भएपछि  कार्यालयमा दैनिक १०–१५ ले आएर परिचयपत्र भर्ने गरेको उनले जानकारी दिए।

जुनार कृषकले जुनारको बगैंचा व्यवस्थापन गर्न रु २० हजार बराबरको उपकरण खरिद गरेमा कार्यालयले १० हजार बेहोर्ने छ। यसबाट जुनारको व्यावसायिक वृद्धिसँगै गुणस्तरीय जुनार उत्पादनमा पनि वृद्धि भई जुनारमा लाग्ने किरा मार्न सहयोग पुग्ने उनले बताए।

Xtrem

Xtrem

अहिले जिल्लाका मझुवा, जलकन्या, रतनचुरा, तिनकन्या, वाशेश्वर, भुवनेश्वरी, बितिजोर, डुडभञ्ज्याङ र तोश्रामा खोलामा जुनार फल्ने बोटमा प्रोटिन वेट स्प्रे गर्ने कार्य भइरहेको उनको भनाइ छ। अहिले तीन पटकसम्म प्रोटिन वेट जुनारको बोटमा स्प्रे गरिसकिएको र अझै स्प्रे गर्ने कार्य भइरहेको छ।

उनका अनुसार स्प्रेकर्ताले हप्तामा एक दिनका दरले असार मसान्तसम्म स्प्रे गर्ने उनको भनाइ छ। जुनार कृषक परिचयपत्रमा उल्लेख भएका फल्ने जुनारका बोटमध्ये प्रतितीन बोटमा एक बोटमा मात्र प्रोटिन वेट स्प्रे गरिएको छ। 

जुनारको बगैँचा व्यवस्थापनसँगै जुनारको किरा मार्ने मुख्य चुनौतीको सामना गर्न कृषक परिचयपत्र सहयोगी हुने उनको भनाइ छ। परिचयपत्रलाई अनलाइनमार्फत अद्यावधिक गर्ने लक्ष्य कार्यालयले लिएको उनले बताए।

यसबाट कार्यालयबाट जुनार कृषकलाई दिइने अनुदान वर्षेनी एउटै किसानले लिने समस्याको अन्त्य भई वास्तविक सबै जुनार कृषकको हातमा अनुदान तथा सहयोग उपलब्ध हुनेछ र कृषकलाई व्यवसायमा निरन्तर लाग्न सहयोग गर्दछ।

जुनार कृषक परिचयपत्रले जुनार कृषकका जुनारको अवस्थाको बारेमा पनि रेकर्ड राख्ने भएकाले छुटेका जुनार कृषकलाई कार्यालयमा आई कृषक परिचयपत्र लिन उनले आग्रह गरेका छन्।

जुनार कृषक परिचयपत्रले खुलाएको विवरणका आधारमा कार्यालयले जुनारको व्यवसाय वृद्धि गर्न सघाउने हुँदा कृषक नै लाभान्वित हुने भएकाले जुनार कृषकले यस मौकालाई सदुपयोग गरी जुनारको किरा मार्ने कार्यालयको अभियानमा सहयोग गरिदिन कार्यालयले जुनार कृषकलाई आग्रह गरेको हो। रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  ०७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा
भारतीय सेनाका एडजुटेंट जनरल कौशिक नेपाल भ्रमणमा
सुदूरपश्चिममा एकै वर्ष दोस्रोपटक बजेट, ३७ अर्ब ७० करोड विनियोजन
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
भारतीय सेनाका एडजुटेंट जनरल कौशिक नेपाल भ्रमणमा आइतबार, असोज २५, २०८३
सुदूरपश्चिममा एकै वर्ष दोस्रोपटक बजेट, ३७ अर्ब ७० करोड विनियोजन आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्