काठमाडौं- मिस नेपालको २०१९ को ताज अनुष्का श्रेष्ठले पहिरेकी छिन्। प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले ‘मिस नेपाल’को उपाधि हात पारेकी हुन्।
अन्तिममा ‘ तपाइको विचार अधिकार र कर्तव्य कुन बढी जिम्मेवारी हुन्छ’ भन्ने प्रश्न सोधिएको थियो र यसैको उत्कृष्ट जवाफ दिएर उनले मिस नेपालको उपाधि जितेकी हुन्।
यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् भने मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन्।
‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले जितेकी छिन्। उनलाई गत वर्षकी ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि रोनाली अमात्यले ताज पहिर्याइदिएकी थिइन्।
त्यस्तै मिस नेपाल अर्थको उपाधि रिया बस्नेतले जितेकी छन्। उनलाई गत वर्षकी मिस नेपाल अर्थ प्रिया सिग्देलले क्राउन लगाइ दिएकी थिइन्। उनले ‘मिस अर्थ’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् भने १ लाख पुरस्कार पनि प्राप्त गरिन्।
यस्तै मिस बेस्ट एथलेट्सको उपाधि प्रदिप्ता अधिकारी, मिस कन्फिडेन्टको उपाधि निशा पाठक, मिस फ्यासिनोको उपाधि अनुष्का श्रेष्ठलाई, मिस पपुलर च्वाइस्को उपाधि रिया बस्नेत र ब्यूटी विथ पर्पसको उपाधि नितिका कर्माचार्याले पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।