राजविराज– कक्षा १२ को परीक्षामा इमोमार्फत चिट चोराउने एक शिक्षकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कञ्चनरुप नगरपालिका स्थित सर्वोदय उच्च मावि परीक्षा केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।
सप्तकोशी नगरपालिकास्थित गोवर्धन बैरागी जनता उच्च माविका शिक्षक प्रदीपकुमार चौधरी तथा सोही विद्यालयका विद्यार्थीहरू दिपेश सरदार, रामप्रसाद हुमागार्इं र रञ्जित कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
शिक्षक चौधरीको साथबाट एक र विद्यार्थीहरूको साथबाट एक थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
विद्यार्थीहरूले एउटै मोबाइलमा इमोमार्फत् चिट चोर्दै गरेको फेला परेपछि थप अनुसन्धानका क्रममा शिक्षक चौधरीलाई समेत पक्राउ गरिएको एसपी राजेन्द्र विष्टले बताए।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।