राजविराज– सप्तरीको राजगढ गाउँपालिकाबाट १० दिन अघिदेखि बेपत्ता १४ वर्षीया बालिकालाई प्रहरीले फेला पारेको छ। बालिकालाई परिवारको जिम्मा लगाइएको छ।
राजगढ गाउँपालिका–६ का रामदेव यादवकी छोरी रम्भाकुमारी बैसाख १३ गते घरबाटै बेपत्ता भएकी थिइन्। कसैलाई जानकारी नदिइ अचानक छोरी बेपत्ता भएपछि खोजतलासका लागि अभिभावकले प्रहरीमा निवेदन दिएका थिए।
खोजतलासका क्रममा बालिकालाई राजविराज–८, पुलचोकमा फेला पारिएको प्रहरीले जनाएको छ। बालिकालाई बिहीबाार परिवारको जिम्मा लगाइएको एसपी राजेन्द्र विष्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।