काठमाडौं- नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई लक्षित गरी भएको बम विस्फोटमा थापासहित ११ जना घाइते भएका छन्। सोमबार बिहान काठमाडौंको बुढानीलकण्ठस्थित चपली हाइट नजिकै बस्तीमा विस्फोट हुँदा घाइते भएका नेता थापासहितका घाइतेको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। उपचारमा संलग्न डा सुवास आचार्यका अनुसार ४ जनालाई बढी चोट लागेकोमा २ जना गम्भीर छन्।
विस्फोटमा परेका थापाको ढाड र कानमा चोट लागेको डा आचार्यले बताए। विस्फोटमा परी थापासहित जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, रविन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा र सुमन खड्का घाइते भएका हुन्। त्यसमध्ये जयराज, राजकाजी, रेणु र श्यामलाई बढी चोट लागेको हो। सामान्य चोट लागेकाहरुलाई भने आकस्मिक कक्षमै उपचार गरी फर्काइएको छ। बढी चोट लागेकाहरुको थप उपचार भइहरेको डा आचार्यले जानकारी दिएका छन्।
यी हुन् घाइतेका तस्बिरहरु

घाइते भएका नेता थापाको उपचार हुँदै / तस्बिरः दिलीप पौडेलको फेसबुकबाट







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।