काठमाडौं– हेटौंडा उपमहानगरपालिका–१५ बाट प्रहरीले डेढ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भोजपुर खडानन्द नगरपालिका–४ भोजपुर बस्ने २९ वर्षीय किशोर ल्वागुन विश्वकर्मा रहेका छन्।
उनको साथबाट प्रहरीले एक हजार ६ सय ४९ दशमलब ९६ ग्राम सुन बुधबार राति बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको बस जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याउँदै गरेको उक्त परिमाणको धातुसहित फेला पारी उनलाई पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।