काठमाडाैं- वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबार ललितपुरको गाबहाल पुर्याइएको छ।
बुधबार पुल्चोकबाट सूरु गरिएको सो रथयात्रा गावहाल पुर्याइएको हो। गाबहालमा अहिले रातो मच्छिन्द्रनाथको दर्शन गर्नेहरुको भीड लागेको छ। घर-घरबाट आएका नेवारी समुदायले रातो मच्छिन्द्रनाथको रथमा पूजाआजा, भजर्नर्कितन गरी आफ्ना चेलीबेटीहरुलाई सोही ठाउँमा दक्षिणा दिने गर्दछन्।
रथयात्रा आजै मंगलबजार हुँदै सुन्धारा पुर्याइनेछ। सुन्धाराबाट महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल लगिन्छ।
लिच्छवीकालका राजा नरेन्द्रदेवको पालामा भारतको कामरुप कामाख्या अर्थात रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ। रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको आठौं दिनसम्म घर-घरबाट रातो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुँदै भोजभतेर गर्ने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।