काठमाडाैं- नेपालमा पछिल्लाे ११ दिनमा ३ म्याग्निच्युड माथिका ५ वटा भूकम्प गएका छन्। भूकम्प मापन केन्द्रका अनुसारगत बैसाख १६ देखि आजसम्म ५ वटा भूकम्प गएका छन्।
यसबीचमा सबैभन्दा कम ३ दशमलब १ र बढी ४ रिक्टर स्केलकाे भूकम्प गएकाे हाे। भूकम्पकाे केन्द्र ३ पटक सिन्धुपाल्चाेक र २ पटक दाेलखा रहेकाे थियाे।
बैसाख १६ गते साेमबार एकैदिन दुई पटक भूकम्पकाे धक्का महसुस भएकाे थियाे। बिहान सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर ४ र दिउँसाे दाेलखाकाे जिरी केन्द्रबिन्दु भएर ३ दशमलब ९ रिक्टर स्केलकाे भूकम्प गएकाे थियाे।
दाेलखाकाे भिमेश्वर केन्द्र रहेर शुक्रबार बिहान १ः२५ मा ३ दशमलब २, शनिबार बिहान ८ः३७ मा सिन्धुपाल्चाेककाे पुङफाङ केन्द्र रहेर ४ तथा आज बिहान १२ः४२ मा सिन्धुपाल्चाेककै गाेल्चे केन्द्रविन्दु रहेर ३ दशमलब १ म्याग्निच्युडकाे भूकम्पकाे धक्का महसुस भएकाे थियाे।
यी सबै धक्का २०७२ बैसाख १२ काे विनाशकारी भूकम्पकाे पराकम्पन भएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।