काठमाडाैं- आज कानुन दिवश। देशभरका न्यायालय तथा न्याय सम्बद्ध संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन्।
विसं २००९ मा आजकै दिनमा लागू भएकाे 'प्रधान न्यायालयकाे ऐन २००८' काे सम्झनामा प्रत्येक वर्षकाे बैसाख २६ लाई कानुन दिवशकाे रुपमा मनाइने गरिन्छ।
यसै सम्दर्भमा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले शुभकामना सन्देश जारी गर्दै सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्याय पद्धतिकाे स्थापना र विकास गर्न हाैसला मिलाेस् भन्ने शुभकामना दिएका छन्।
उनले स्वतन्त्र न्यायपालिका, विधिकाे शासन, संवैधानिक सर्वाेच्चता एवम् लाेकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिकाकाे प्रवर्द्धन गर्न लागि पर्नुपर्नेमा जाेड दिएका छन्।
'दिवशले समानता, न्याय, र विधिकाे शासनकाे सुनिश्चितताका लागि आ-आफ्नाे ठउँबाट याेगदान गर्ने सकारात्मक साेच, प्रेरणा र क्षमता सबैमा प्रदान गराेस्', शुभकामनामा भनिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।