पाँचथर- पाँचथरको फिदिम नगरपालिका-६ मगर गाउँमा करेन्ट लागेर बुधबार १ बालकको मृत्यु भएको छ।
करेन्ट लागेर लालबहादुर सारुमगरका ११ वर्षीय छोरा सनम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। अपरान्ह ४ बजे साथीहरुसँग खेल्ने क्रममा बिजुलीको पोलमा चढ्दा अचानक करेन्ट लागेर घाइते भएका मगरलाई उपचारको लागि जिल्ला अस्पताल फिदिम पठाइएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको हो।
घटनास्थलमा प्रहरी टोली खटिएर कानुनी प्रक्रियापश्चात् शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।