• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'आदिवासी, जनजाति, थारुका मुद्दा संविधान संशोधनबाट सम्बोधन गरिन्छ'

64x64
नेपाल लाइभ आइतबार, मंसिर १७, २०७४  १०:५८
1140x725

०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका रामजनम चौधरीले अहिलेसम्म संसदीय चुनावमा पराजित हुनुपरेको छैन। उनी ०४८ सालमा नेपाली कांग्रेसबाट पहिलो पटक संसद सदस्यमा निर्वाचित भए। त्यसपछिका प्रयेक निर्वाचनमा उनी विजयी भएका छन्। २०५४ सालमा सामान्य प्रशासन सहायकमन्त्री बनेका उनी धेरै पटक मन्त्री बनिसके। ०६४ सालमा उनी मधेसी जनअधिकार फोरममा समाहित भए।

०६६ सालमा विजयकुमार गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक पार्टी गठन भयो र उनी महासचिव हुँदै उपाध्यक्ष सम्म बने। केही महिनाअघि फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भएपछि उनी पनि आफ्नो पुरानो पार्टीमा फर्किएका छन्। अहिले उनी कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। चुनावी प्रचारप्रसारमा व्यस्त रहेका रामजनमसँग आसन्न निर्वाचन र समसामयिक राजनीतिकबारे नेपाल लाइभका लागि कैलाली संवाददाता शेरबहादुर ऐरले कुराकानी गरेका छन्ः 

चुनावी प्रचार–प्रसार कस्तो भइरहेको छ?

नेपाली कांग्रेसका मुलभूत एजेन्डा र मैले यस क्षेत्रका लागि गरेका विकास निर्माण सम्बन्धी काम, पूरा गर्न नसकेका विकासका काममा भएका कमीकमजोरी र यस क्षेत्रका लागि गर्नुपर्ने विकास योजनाबारे आम मतदाता माझ गएर जानकारी गराइरहेको छु। क्षेत्र नम्बर ३ मा कांग्रेसका सम्पूर्ण इकाइ तथा नेता–कार्यकर्तासहित व्यापक घरदैलो, साथीभाई भेटघाट, चुनावी सभा, अन्तर्क्रिया लगायतका कार्यक्रम गरिरहेका छौं। यस क्रममा मैले आम मतदाताबाट विगतमा गरेका कामका आधारमा मत दिने खालको प्रतिक्रिया पाएँ। हामीले यस क्षेत्रका मतदातासँगको भेटघाट तथा छलफलमा उहाँहरू मैले विगतमा गरेका कामप्रति सन्तुष्ट रहेको अनुभव गरें। यसले हामीलाई निकै उत्साहित बनाइरहेको छ। 

कांग्रेसले तपाईंलाई किन पुनः उम्मेदवार बनायो होला भन्ने ठान्नुहुन्छ?

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि मभन्दा पनि धेरै सक्षम नेताहरू हुनुहुन्छ। तर, पार्टीले धेरै कुरा विश्लेषण गरेर मलाई पुनः उम्मेदवार बनाएको होला। म त्यो विश्वास टुट्न दिनेछैन। 

तपाईंको जितका आधार के के हुन्?

कांग्रेसको नीति र सिद्धान्त, लोकतन्त्रप्रतिको अटुट निष्ठा, जनतामाझ हामीले प्रस्तुत गरेका प्रतिबद्धता र मैले यस क्षेत्रका लागि लामो समयदेखि गरेको सेवा तथा विकासका कामले नै मलाई जनताले भोट दिने हो।
यस क्षेत्रमा कांग्रेस नेता कार्यकर्तामा देखिएको एकता र उत्साहले पनि हाम्रो जीत सुनिश्चित हुने मेरो अनुमान छ। 

Ncell 2
Ncell 2

तपाईंले यस क्षेत्रका लागि के–के काम गर्नु भयो? 

मैले स्वास्थ्यमन्त्री भएका बेला आमनेपालीका लागि उल्लेख्य काम गरेको छु। थारु जातिमा देखिने सिकलसेल एनमियाको उपचारका लागि १ लाख रुपैयाँसम्मको निःशुल्क उपचारका साथै देशका चार वटा अस्पतालमा रगत परीक्षण गर्ने मेसिन र सेती अञ्चल अस्पातालमा दुई वटा डायलाइसिस मेसिनको व्यवस्था गरें। 

कैलालीबाटै पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम मेरै पालामा सुरु गरेको हो। यस क्षेत्रमा सबैभन्दा बढी एम्बुलेन्स पनि मेरै पालामा व्यवस्था गरिएको छ। यस क्षेत्रमा धेरैभन्दा धेरै बेरोजगार युवालाई स्वास्थ्य क्षेत्रमा रोजगारीको व्यवस्था पनि म स्वास्थ्य मन्त्री हुँदा गरेको छु। त्यस्तै, म स्वास्थ्यमन्त्री भएका बेला गेटामा मेडिकल कलेज सम्बन्धी फाइल अघि बढाएँ। अहिले मेडिकल कलेज निर्माण कार्यले तीव्रता पाएको छ। 

त्यस्तै, म सांसद भएका बेला यस क्षेत्रमा पाँच वटा सडकको खाका कोरेको थिएँ। सुखड–भजनी, हसुलिया–मसुरिया, सडकपुर बौनियादेखि जोशीपुर–भजनी, मरियाघाटदेखि चुहासम्म र गुलरियादेखि प्रतापपुरहुँदै मुनुवासम्मको सडकको खाका कोरेका आधारमा अहिले चार वटा सडकमा कालोपत्रेको काम भइरहेको छ। 

साथै टीकापुर–जोशीपुर सडक बनाउन पनि मैले पहल गरेको थिएँ। यो सडकको झवीसम्म कालोपत्रे भइसकेको छ भने अब बाँकी खण्ड पनि कालोपत्रे गरिनेछ। 

त्यस्तै, टीकापुर–जोशीपुर, बिजुलिया हुँदै हसुलिया जोड्ने सडकको खाका पनि अघि बढाएको थिएँ। कान्द्रा नदीमा पुल बन्न पनि सुरु भएको छ। मैले कैलाली जिल्लामा हुलाकी सडक बन्नुपर्छ भनेर पहल गरें। अहिले यो निर्माण भइरहेको छ।

त्यस्तै, म भूमिसुधार मन्त्री भएको बेला अव्यवस्थित बसोबास भएका हजारौं सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया अघि बढाएँ। थुपै्रले लालपुर्जा पनि पाए। अझै धेरै जनाले पाउन बाँकी छ। मुक्त कमैयालाई जग्गा उपलब्ध गराउनेदेखि लिएर लालपुर्जा वितरणसँगै अन्य सुविधा तथा अनुदान दिने काम पनि मैले नै पहल गरेको हुँ। 

आम जनताले पनि बुझ्नु भएको छ कि रामजनमले मुक्त कमैया, सुकुम्बासी, आदिवासी, जनजाति, दलित, मुस्लिमसहित पछाडि पारिएको वर्ग र समुदायको हितमा काम गरेको छ भनेर। 

तर, तपाईं स्वास्थ्यमन्त्री हुँदा केही स्वास्थ्य चौकी र अस्पतालको स्तरोन्नति गर्ने भन्नु भएको थियो, त्यो काम त पूरा भएन नि? 

मैले जनताको आवश्यकता अनुसार केही स्थानमा स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई स्तरोन्नति गर्ने भनेको हुँ। तर, देश संघीय संरचनामा गएको र स्वास्थ्य संस्थाहरूको स्तरोन्नति सम्बन्धी स्पष्ट नीति नबनेकाले काम अघि बढाउन कठिनाइ भयो। मैले जुन स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताल स्तरोन्नति गर्छु भनेको थिएँ, ती सबैको काम अहिले अघि बढिसकेको छ। 

यस क्षेत्रको समस्या चाहिँ के–के हुन्?

यो क्षेत्रको मुख्य समस्या नदी नियन्त्रण हो। मोहना, कान्द्रा, कटैनी, काँडा, घुराहा लगायतका नदीले कैयौं बस्तीलार्ई प्रभावित गर्दै आएका छन्। बर्सेनि हजारौं बिघा खेतीयोग्य जमिन कटानी हुने गरेको छ। अन्य कामहरू त बजेट छुट्याएर गर्न सकिएको छ, तर नदी नियन्त्रण सबैभन्दा गाह्रो काम छ। मैले सांसद कोषबाट करोडौं रुपैयाँको बजेट नदी नियन्त्रणमा लगाएको छु। 

त्यस्तै, यस क्षेत्रमा न त उच्च शिक्षाको व्यवस्था छ न त आधुनिक अस्पताल नै। यस क्षेत्रका अधिकांश बस्ती अझै पनि दुर्गम जस्तै छन्। कतिपय ठाउँका नदीमा पुल तथा कल्र्भट नहुँदा एक बस्तीदेखि अर्को बस्तीसम्म जान कठिनाइ भोग्नुपरिरहेको छ। 

विकास निर्माणका समस्या एकातिर छन् भने प्रत्येक वर्गको समस्या अर्को छ। किसानले समयमा मल, बिउविजन पाइरहेका छैनन्। महिला, दलित वर्ग अझै सशक्तीकरण हुन सकेका छैनन्। विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सकेका छैनन्। बेराजगार युवाको संख्या निकै बढेको छ। अझै केही दुर्गम बस्तीका मानिसले स्वास्थ्य उपचार पाउन कठिन छ।

तपाईंको मुख्य चुनावी एजेन्डा के हो त? 

मेरा दुईवटा मुख्य एजेन्डा छन्। पहिलो, राजनीतिक र दोस्रो आर्थिक मुद्दा हो। हामीले पहिले उठाएका आदिवासी, जनजाति, थारु, मुस्लिमका जुन मुद्दा छन् ती मुद्दा संविधानमा अधुरो छ। त्यसलाई संविधान संशोधनमार्फत पूरा गराउनेतर्फ मेरो पहल हुनेछ। ती मुद्दालाई संविधान संशोधन गरेर पूरा गर्नुपर्छ। दोस्रो आर्थिक विकासमा अघि बढ्ने र राष्ट्रलाई दीगो शान्तितिर लैजाने नै हो। 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४  १०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्