• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'आदिवासी, जनजाति, थारुका मुद्दा संविधान संशोधनबाट सम्बोधन गरिन्छ'

64x64
नेपाल लाइभ आइतबार, मंसिर १७, २०७४  १०:५८
1140x725

०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका रामजनम चौधरीले अहिलेसम्म संसदीय चुनावमा पराजित हुनुपरेको छैन। उनी ०४८ सालमा नेपाली कांग्रेसबाट पहिलो पटक संसद सदस्यमा निर्वाचित भए। त्यसपछिका प्रयेक निर्वाचनमा उनी विजयी भएका छन्। २०५४ सालमा सामान्य प्रशासन सहायकमन्त्री बनेका उनी धेरै पटक मन्त्री बनिसके। ०६४ सालमा उनी मधेसी जनअधिकार फोरममा समाहित भए।

०६६ सालमा विजयकुमार गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक पार्टी गठन भयो र उनी महासचिव हुँदै उपाध्यक्ष सम्म बने। केही महिनाअघि फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भएपछि उनी पनि आफ्नो पुरानो पार्टीमा फर्किएका छन्। अहिले उनी कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। चुनावी प्रचारप्रसारमा व्यस्त रहेका रामजनमसँग आसन्न निर्वाचन र समसामयिक राजनीतिकबारे नेपाल लाइभका लागि कैलाली संवाददाता शेरबहादुर ऐरले कुराकानी गरेका छन्ः 

चुनावी प्रचार–प्रसार कस्तो भइरहेको छ?

नेपाली कांग्रेसका मुलभूत एजेन्डा र मैले यस क्षेत्रका लागि गरेका विकास निर्माण सम्बन्धी काम, पूरा गर्न नसकेका विकासका काममा भएका कमीकमजोरी र यस क्षेत्रका लागि गर्नुपर्ने विकास योजनाबारे आम मतदाता माझ गएर जानकारी गराइरहेको छु। क्षेत्र नम्बर ३ मा कांग्रेसका सम्पूर्ण इकाइ तथा नेता–कार्यकर्तासहित व्यापक घरदैलो, साथीभाई भेटघाट, चुनावी सभा, अन्तर्क्रिया लगायतका कार्यक्रम गरिरहेका छौं। यस क्रममा मैले आम मतदाताबाट विगतमा गरेका कामका आधारमा मत दिने खालको प्रतिक्रिया पाएँ। हामीले यस क्षेत्रका मतदातासँगको भेटघाट तथा छलफलमा उहाँहरू मैले विगतमा गरेका कामप्रति सन्तुष्ट रहेको अनुभव गरें। यसले हामीलाई निकै उत्साहित बनाइरहेको छ। 

कांग्रेसले तपाईंलाई किन पुनः उम्मेदवार बनायो होला भन्ने ठान्नुहुन्छ?

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि मभन्दा पनि धेरै सक्षम नेताहरू हुनुहुन्छ। तर, पार्टीले धेरै कुरा विश्लेषण गरेर मलाई पुनः उम्मेदवार बनाएको होला। म त्यो विश्वास टुट्न दिनेछैन। 

तपाईंको जितका आधार के के हुन्?

कांग्रेसको नीति र सिद्धान्त, लोकतन्त्रप्रतिको अटुट निष्ठा, जनतामाझ हामीले प्रस्तुत गरेका प्रतिबद्धता र मैले यस क्षेत्रका लागि लामो समयदेखि गरेको सेवा तथा विकासका कामले नै मलाई जनताले भोट दिने हो।
यस क्षेत्रमा कांग्रेस नेता कार्यकर्तामा देखिएको एकता र उत्साहले पनि हाम्रो जीत सुनिश्चित हुने मेरो अनुमान छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तपाईंले यस क्षेत्रका लागि के–के काम गर्नु भयो? 

मैले स्वास्थ्यमन्त्री भएका बेला आमनेपालीका लागि उल्लेख्य काम गरेको छु। थारु जातिमा देखिने सिकलसेल एनमियाको उपचारका लागि १ लाख रुपैयाँसम्मको निःशुल्क उपचारका साथै देशका चार वटा अस्पतालमा रगत परीक्षण गर्ने मेसिन र सेती अञ्चल अस्पातालमा दुई वटा डायलाइसिस मेसिनको व्यवस्था गरें। 

कैलालीबाटै पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम मेरै पालामा सुरु गरेको हो। यस क्षेत्रमा सबैभन्दा बढी एम्बुलेन्स पनि मेरै पालामा व्यवस्था गरिएको छ। यस क्षेत्रमा धेरैभन्दा धेरै बेरोजगार युवालाई स्वास्थ्य क्षेत्रमा रोजगारीको व्यवस्था पनि म स्वास्थ्य मन्त्री हुँदा गरेको छु। त्यस्तै, म स्वास्थ्यमन्त्री भएका बेला गेटामा मेडिकल कलेज सम्बन्धी फाइल अघि बढाएँ। अहिले मेडिकल कलेज निर्माण कार्यले तीव्रता पाएको छ। 

त्यस्तै, म सांसद भएका बेला यस क्षेत्रमा पाँच वटा सडकको खाका कोरेको थिएँ। सुखड–भजनी, हसुलिया–मसुरिया, सडकपुर बौनियादेखि जोशीपुर–भजनी, मरियाघाटदेखि चुहासम्म र गुलरियादेखि प्रतापपुरहुँदै मुनुवासम्मको सडकको खाका कोरेका आधारमा अहिले चार वटा सडकमा कालोपत्रेको काम भइरहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साथै टीकापुर–जोशीपुर सडक बनाउन पनि मैले पहल गरेको थिएँ। यो सडकको झवीसम्म कालोपत्रे भइसकेको छ भने अब बाँकी खण्ड पनि कालोपत्रे गरिनेछ। 

त्यस्तै, टीकापुर–जोशीपुर, बिजुलिया हुँदै हसुलिया जोड्ने सडकको खाका पनि अघि बढाएको थिएँ। कान्द्रा नदीमा पुल बन्न पनि सुरु भएको छ। मैले कैलाली जिल्लामा हुलाकी सडक बन्नुपर्छ भनेर पहल गरें। अहिले यो निर्माण भइरहेको छ।

त्यस्तै, म भूमिसुधार मन्त्री भएको बेला अव्यवस्थित बसोबास भएका हजारौं सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया अघि बढाएँ। थुपै्रले लालपुर्जा पनि पाए। अझै धेरै जनाले पाउन बाँकी छ। मुक्त कमैयालाई जग्गा उपलब्ध गराउनेदेखि लिएर लालपुर्जा वितरणसँगै अन्य सुविधा तथा अनुदान दिने काम पनि मैले नै पहल गरेको हुँ। 

आम जनताले पनि बुझ्नु भएको छ कि रामजनमले मुक्त कमैया, सुकुम्बासी, आदिवासी, जनजाति, दलित, मुस्लिमसहित पछाडि पारिएको वर्ग र समुदायको हितमा काम गरेको छ भनेर। 

तर, तपाईं स्वास्थ्यमन्त्री हुँदा केही स्वास्थ्य चौकी र अस्पतालको स्तरोन्नति गर्ने भन्नु भएको थियो, त्यो काम त पूरा भएन नि? 

मैले जनताको आवश्यकता अनुसार केही स्थानमा स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई स्तरोन्नति गर्ने भनेको हुँ। तर, देश संघीय संरचनामा गएको र स्वास्थ्य संस्थाहरूको स्तरोन्नति सम्बन्धी स्पष्ट नीति नबनेकाले काम अघि बढाउन कठिनाइ भयो। मैले जुन स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताल स्तरोन्नति गर्छु भनेको थिएँ, ती सबैको काम अहिले अघि बढिसकेको छ। 

यस क्षेत्रको समस्या चाहिँ के–के हुन्?

यो क्षेत्रको मुख्य समस्या नदी नियन्त्रण हो। मोहना, कान्द्रा, कटैनी, काँडा, घुराहा लगायतका नदीले कैयौं बस्तीलार्ई प्रभावित गर्दै आएका छन्। बर्सेनि हजारौं बिघा खेतीयोग्य जमिन कटानी हुने गरेको छ। अन्य कामहरू त बजेट छुट्याएर गर्न सकिएको छ, तर नदी नियन्त्रण सबैभन्दा गाह्रो काम छ। मैले सांसद कोषबाट करोडौं रुपैयाँको बजेट नदी नियन्त्रणमा लगाएको छु। 

त्यस्तै, यस क्षेत्रमा न त उच्च शिक्षाको व्यवस्था छ न त आधुनिक अस्पताल नै। यस क्षेत्रका अधिकांश बस्ती अझै पनि दुर्गम जस्तै छन्। कतिपय ठाउँका नदीमा पुल तथा कल्र्भट नहुँदा एक बस्तीदेखि अर्को बस्तीसम्म जान कठिनाइ भोग्नुपरिरहेको छ। 

विकास निर्माणका समस्या एकातिर छन् भने प्रत्येक वर्गको समस्या अर्को छ। किसानले समयमा मल, बिउविजन पाइरहेका छैनन्। महिला, दलित वर्ग अझै सशक्तीकरण हुन सकेका छैनन्। विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सकेका छैनन्। बेराजगार युवाको संख्या निकै बढेको छ। अझै केही दुर्गम बस्तीका मानिसले स्वास्थ्य उपचार पाउन कठिन छ।

तपाईंको मुख्य चुनावी एजेन्डा के हो त? 

मेरा दुईवटा मुख्य एजेन्डा छन्। पहिलो, राजनीतिक र दोस्रो आर्थिक मुद्दा हो। हामीले पहिले उठाएका आदिवासी, जनजाति, थारु, मुस्लिमका जुन मुद्दा छन् ती मुद्दा संविधानमा अधुरो छ। त्यसलाई संविधान संशोधनमार्फत पूरा गराउनेतर्फ मेरो पहल हुनेछ। ती मुद्दालाई संविधान संशोधन गरेर पूरा गर्नुपर्छ। दोस्रो आर्थिक विकासमा अघि बढ्ने र राष्ट्रलाई दीगो शान्तितिर लैजाने नै हो। 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४  १०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्