काठमाडौं– सुर्खेतमा टपरीमा दिसा लगेर मुखमा कोच्याउने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बराहताल गाँउपालिका–७ करगें बस्ने ४६ वर्षीय भविसरा दंगाली रहेका छन्।
दंगालीले करगेंकै ६० वर्षीय तेज बहादुर खत्रीलाई मंगलबार बर्राचौरस्थित कल्याणकाँध देखि नयाँ वन जोड्ने कच्ची सडक खन्दै गरको स्थानमा टपरीमा लुकाएर ल्याएको दिसा मुखमा कोच्याइदिएका थिए।
उक्त सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटेको टोलीले दंगाललाई पक्राउ गरेको हो।
दंगाललाई अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।