नेपालगञ्ज- नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पोलिटब्यूरो सदस्य भरत बमलाई बाँकेमा विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको छ।
कोहलपुर–नेपालगञ्ज सडकखण्डमा पर्ने जानकी गाउँपालिका-६ गनापुरबाट पोलिटब्युरो सदस्य बमलाई पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक अरुण घिमिरेले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बमलाई पक्राउ गरेको हो।
बमको साथबाट विस्फोटक पदार्थ, ल्यापटप र पार्टीको दस्तावेज फेला परेको प्रहरी उपरीक्षक पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।