डडेल्धुरा– डडेल्धुराको एक विद्यालमा बुधबार एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
परशुराम नगरपालिका–५ स्थित भुवनेश्वरी नमुना माध्यमिक विद्यालयको दोस्रो तलामा ३५ वर्षीय रनबहादुर दर्लामी मगर मृत अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरिक्षक ईश्वरीदत्त पाण्डेयकाअनुसार मृतक मगर कैलाली चुरे गाउँपालिका–४ बण्डका बासिन्दा हुन्।
विगत एक हप्तादेखि मृतक मगर उनका साथी तेजराम चौधरीसँगै विद्यालय भवनको छतमा बस्ने र मदिरा सेवन गर्ने गरेको प्रहरीले जनाएको छ।
उनी सोही विद्यालयमा मजदुरी गर्दै आएका थिए।
घटनाबारे मृतकका परिवारलाई खबर गरिसकिएको र घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।