कुाठमाडौँ- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः
१) नेपाली कांग्रेसको एक महिने जागरण अभियान आजदेखि सुरु, राष्ट्रपति र सभामुखमाथि खनिए सभापति देउवा
२) प्रधानमन्त्री मातहतको सार्वजनिक खरिद कार्यालयको कामकारबाही प्रभावकारी हुन सकेन, सामान्य विषयमा पनि गृहकार्य नगरेको संसदीय समितिको ठहर
३) युद्धकालीन भौगोलिक संरचनाको अभ्यासमा विप्लव नेकपा, पूर्वी, मध्य र पश्चिम गरी तीन वटा कमान्ड, रोल्पामा मात्रै तीन जिल्ला
४) च्याम्पियन्स लिगमा लिभरपुलको उत्कृष्ट पुनरागमन, बार्सिलोनालाई हराउँदै फाइनलमा प्रवेश
५) र, इरान परमाणु सम्झौताको मुख्य प्रतिबद्धताबाट पछि हट्यो, युरेनियमको भण्डारण कायम राख्ने, तर बाहिरी देशलाई नबेच्ने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।