काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति महारानी भएको र सभामुख इतिहासकै सर्वाधिक काँतर भएको आरोप लगाएका छन्। पार्टीले गरेको पहिलो चरणको जागरण अभियान कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।
मंगलबार संसदमा भएको घटनामा सभामुख मुख्य दोषी रहेको देउवाले आरोप लगाएका थिए। ‘यस्तो काँतर र डरपोक सभामुख इतिहासमा कहिले देखेको थिइनँ,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय परम्पराभन्दा बाहिर गएर बोलेको विषयलाई सभामुखले संसदको रेकर्डबाट सभामुखले नहटाएको प्रति उनले आपत्ति जनाए। सदन प्रतिपक्षको हुने बताउँदै देउवाले सभामुख प्रधानमन्त्रीको अघि निरिह देखिएको आरोप लगाए।
नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्दावली प्रयोग गरिएको प्रति सभापति देउवाले आपत्ति जनाएका थिए। गणतन्त्र पश्चात् हटेको शब्दावली पुनः प्रयोगमा ल्याएको प्रति आपत्ति जनाउँर्दै देउवाले भने, ‘के अब हिर म्याजेस्टिज विद्या भण्डारी भन्ने?’ राष्ट्रपतिको व्यवहार बेलायतकी महारानीभन्दा बढ्ता भएको उनको आरोप थियो।
कांग्रेसको सरकारका समयमा सुरु भएका आयोजना वर्तमान सरकारले आफैं गरेको जस लिन खोजेको भन्दै सभापति देउवाले सरकारको आलोचना गरे। नेपाली कांग्रेसले कुर्ची र रेलिङ भाँच्ने प्रतिपक्ष नहुने प्रष्टोक्ति उनको पारे। सरकारको गतिविधिले कांग्रेस आन्दोलन जानपर्ने अवस्था हुँदै गएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।