काठमाडौं- नेपाल आइडल प्रथम संस्करणमा छैटौं भएका सुरज थापाले आफ्नो दोस्रो म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
आफ्नै शब्द र म्युजिक कम्पोजिसन रहेको 'सुटुक्कै सुटुक्कै' बोलको गीतको भिडियो समेत सुरज आफैले निर्माण तथा निर्देशन गरेका हुन्। यो प्रेम गीतमानिराजन प्रधान, रमा अर्याल र चन्द्रबहादुर थापा लगायतको अभिनय छ।
तारा थापा र विवेक थापाको स्वर रहेको गीत गोदावारी र कमलपोखरी सिटी सेन्टरमा छायांकन गरिएको हो।
सुरजको यो दोस्रो निर्देशन हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।