काठमाडौं– अभिनेता निरज बराल लामो समयपछि दर्शकमाझ फर्किएका छन्। गायिका सोना अमात्यको नयाँ गीत ‘डाली चरी...’ को म्युजिक भिडियोमार्फत उनी दर्शकमाझ आएका हुन्।
नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सोना अमात्यले आफ्नै शास्त्रीय संगीतका गुरु शशिविक्रम थापाका शब्द तथा संगीतमा उक्त गीत बजारमा ल्याएकी हुन्।
सुगम संगीतमा आधारित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता बराल र गायिका अमात्य स्वयम्काे अभिनय देख्न सकिन्छ।
गीतकाे भिडियाेलाई फिल्म 'बिजुली मेसिन'का निर्देशक नविन अवालकाे निर्देशन गरेका हुन्।
गायिका अमात्यले यसअघि आधा दर्जनभन्दा बढी गीत तथा म्युजिक भिडियाे बजारमा ल्याइसकेकी छिन्।
भिडियो:
्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।