• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीलाई टाउको दुखाइ बनेको त्यो १ घन्टा १४ मिनेट

आधा निद्रा अनुसन्धान मै बित्यो : प्रहरी
64x64
नारायण अधिकारी मंगलबार, वैशाख २४, २०७६  २१:५९
1140x725

काठमाडौं- शनिबार बिदाको दिन। भेटघाट गर्ने भन्दै चन्द्रप्रसाद आचार्य श्रीमतीसँगै ससुराली गए। ससुराली पुगेका चन्द्रप्रसादलाई सन्चो भएन। उनी श्रीमती हरिकला आचार्यसहित घर फर्किए। 

सुर्खेतको वीरेन्द्रनगरको जुम्ला रोडमा आफ्नै चियानास्ता पसलमा आइपुगेपछि चन्द्रसादले श्रीमतीलाई घर पठाए। भोलि बिहानलाई तरकारी लिएर आउने बताएपछि चन्द्रप्रसादकी श्रीमती हरिकला एक्लै घरतर्फ लागिन्। 

चन्द्रप्रसादले पसल खोले। तरकारी लिएर घर आउने बताएका चन्द्रप्रसाद राति अबेरसम्म पनि घर फर्किएनन्। श्रीमानकै पर्खाइमा बसेकी चन्द्रप्रसादकी श्रीमती त्यतिबेला अर्धचेत अवस्थामा पुगिसकेकी थिइन्, जतिबेला चन्द्रप्रसादको शव घरमै आइपुगेको थियो।

श्रीमानको पखाइमा बसेकी हरिकलाले २४ घन्टापछि अर्थात् भोलिपल्ट फागुन १९ गते साँझ ५ बजे श्रीमानको शव आफ्नै घरको आँगनमै देखिन्। त्यसबेला केही प्रहरी र आफन्तले चन्द्रप्रसादको शव उनको घर पुर्‍याएका थिए।

चन्द्रप्रसाद आचार्य अर्थात् चियानास्ता पसले। सुर्खेतको वीरेन्द्रनगर-१ का ४५ वर्षीय व्यापारी चन्द्रप्रसाद अर्यालको हत्या भएको आज (मंगलबार) ६६ दिन पुगेको छ। उनको गत फागुन १८ गते हत्या भएको थियो।

वीरेन्द्रनगर-६ जुम्ला रोडमा चन्द्रप्रसादले चियानास्ता पसल सञ्चालन गर्दै आएका थिए। उनका एक छोरी र छोरा काठमाडौं बसेर पढ्छन्। चन्द्रप्रसाद र उनकी श्रीमती भने सुर्खेतमै चियानास्ता पसल सञ्चालन गर्दै आएका थिए।

सरकारी कार्यालय नजिक उनको पसल थियो। हत्या भएको दिन उनलाई ८ बजे पसल वरपर देख्नेमान्छे पनि छन्। उनको हत्या भएको ठाउँ नजिकै रहेको एउटा डेरी पसल र अस्पतालको सीसी टीभी फुटेजमा राति ८ बजेर ४६ मिनेट जाँदा चन्द्रप्रसाद कैद भएका छन्। त्यसपछिको १ घन्टा १४ मिनेटभित्र अर्थात् १० बजेर ३ मिनेटमा उनको हत्या भएको थियो। अहिले त्यही १ घन्टा १४ मिनेट अवधिको अनुसन्धान गर्न प्रहरीलाई निकै कठिन भएको छ। 

त्यो बीचमा उनी कहाँ गए? को-को आए? कसले हत्या गर्‍यो? किन गर्‍यो? जस्ता अनेकौं प्रश्नको उत्तर त्यही १ घन्टा १४ मिनेटभित्र मात्र फेला पर्न सक्छ। तर प्रहरीलाई यति छोटो समयको अनुसन्धान गर्न समेत निकै गाह्रो परेको अवस्था छ। 

Ncell 2
Ncell 2
nimb
nimb

फागुन १८ गते राति १० बजेर ३ मिनेटमा चन्द्रप्रसादको शव प्रहरीले अथिति होटल नजिकै बीच बाटोमा फेला पारेको थियो। उक्त सडक बजारको शाखा रोड हो। जहाँ दिउँसो मान्छे र गाडीको राम्रै ओहोरदोहोर हुन्छ। त्यहाँको भित्ता र कपडामा समेत रगतको टाटा लागेको थियो।  

चन्द्रप्रसादको शव भेटिएपछि प्रहरीले तत्कालै उनको शव पोष्टमार्टमको लागि सुर्खेतकै प्रदेश अस्पताल कालागाउँ पठाएको थियो। पोस्टमार्टम रिपोर्टअनुसार उनको छातिको एक भागको तीन वटा र अर्को भागको चार वटा गरी ७ वटा करङ भाँचिएको थियो। 

मुटु फुटेर इन्टर्नल ब्लडिङ भएकाले मृत्यु भएको जनाइएको छ। त्यस्तै गर्धनको हड्डी र एक वटा हात भाँचिएको थियो। बाहिर शरीरभर नीलडाम, टाउकाको पछाडि पट्टी दुई वटा गहिरो चोट छ। निकै दर्दनाक देखिन्थ्यो चन्द्रप्रसादको शव।

पोस्टमार्टमा चन्द्रप्रसादका आफन्तको उपस्थिति थियो। पोस्टमार्टम सकिएपछि फागुन १९ गते दिउँसो ५ बजे शव घर लगिएको चन्द्रप्रसादकी छोरी संगिताले बताइन्।

अनुसन्धान चित्त बुझ्दो भएन : परिवार
व्यापारी चन्द्रप्रसाद अर्यालको हत्या भएको २ महिना बितिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै परिवारले गुनासो गरेका छन्। हत्या भएको आज (मंगलबार) ६६ दिन पूरा भएको छ। तर अहिलेसम्म पनि हत्याराको नजिक पुग्न प्रहरीलाई धौधौ परेको छ। प्रहरीले हत्याको प्रभावकारी अनुसन्धान गर्न नसकेको गुनासो चन्द्रप्रसादकी छोरी संगिताले गरेकी छन्। 

‘यति लामो समय बितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन,’ छोरी संगिताले भनिन्, ‘हत्यारा पत्ता लाग्नुको कुरा त परै जावस् प्रहरीबाट चित्त बुझ्दो जवाफ समेत हामीले पाउन सकेका छैनौं।’

उनले प्रहरी प्रतिको विश्वास पनि कमी हुँदै गएको गुनासो गरिन्। घटनाको सत्यतथ्य यथाशीघ्र बाहिर ल्याई दोषीलाई कारबाही गर्नुपर्ने पीडित संगिताले माग गरिन्। 

शव भेटिने बित्तिकै परिवारलाई जानकारी नदिइएको, पोस्टमार्टम गर्दा समेत परिवारका कुनै सदस्य नभएको र बल प्रयोग गरेर गरेजस्तो देखिएको उनको आरोप छ। 

कसैसँग रिसिइबी नभएकाले किन हत्या भयो भन्नेसमेत आफूहरुले केही भन्न सक्ने अवस्था नरहेको परिवारको भनाइ छ।

‘कसले हत्या गर्‍यो भन्ने अहिलेसम्म हामी आफैं आश्चर्यमा परेका छौं,’ छोरी संगिताले भनिन् ‘कसैप्रति पनि त्यस्तो सोच्न सकेका छैनौं।’

‘आधा निद्रा अनुसन्धानमै सकियो, केही दिनमै नतिजा आउँछ’
चन्द्रप्रसादको दर्दनाक हत्या भएपछि उक्त घटनाको अनुसन्धानमा तीन वटा प्रहरी टोली खटिएका छन्। देशभरका जघन्य अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), कर्णाली प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान गरिरहेको छ।

अनुसन्धान भएको छैन भन्ने पीडितको गुनासाको उत्तर दिँदै सुर्खेतका डिएसपी प्रदीप क्षेत्रीले भने, ‘आधा निद्रा अनुसन्धानमै सकियो, केही दिनमै नतिजा आउँछ।’

अनुसन्धान प्रगति उन्मुख रहेको र न्याय पाउनेमा ढुक्क हुन पीडितलाई डिएसपी क्षेत्रीले आग्रह गरे। अहिलेसम्म २ सय जनाभन्दा बढीसँग सोधपुछ भइसकेको डिएसपी क्षेत्रीले बताए। 

त्यसैगरी, १० जानको पोलिग्राफ परीक्षण भइसकेको छ भने अझै केही व्यक्तिको पोलिग्राफ गर्न बाँकी रहेको अनुसन्धानमा संलग्न प्रहरीले अधिकारीले जनाए। त्यस्तै बिटिएस लोकेशन हेरेर पनि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

चन्द्रप्रसादले फोन समेत नबोक्ने भएकाले अनुसन्धानमा गाह्रो भएको प्रहरीले जनाएको छ। कसैसँग रिसइबी पनि नभएको, फोन पनि नबोक्ने परिवारका सदस्यले समेत कसैलाई शंका गर्न नसकेकाले जिरोबाट अनुसन्धान गर्नु परेकाले समय लागेको डिएसपी क्षेत्रीले बताए।

उक्त घटनाका लागि सिआइबीबाट सईको नेतृत्वमा दुई जनाको टोली खटिएको छ भने प्रदेश प्रहरी कार्यालयको टोलीले पनि अनुसन्धान गरिरहेको छ। कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहले पनि अनुसन्धान प्रगति उन्मुख भएको र पीडितले न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे।

प्रहरीले उनको रगतसमेत जाँचका लागि प्रहरीको सामाखुशीस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो। त्यसको रिपोर्टबाट पनि अनुसन्धानमा केही कुराहरु खुल्दै गएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्