• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बैंक खाता रोक्कापछि बाह्रवनका काम प्रभावित

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २४, २०७६  १४:४२
1140x725

धनगढी- बाह्रवन साझेदारी वन व्यवस्थापन समितिको सम्पूर्ण कामहरू प्रभावित भएका छन्। वनको बैंक खाता रोक्का भएपछि संरक्षण, व्यवस्थापन तथा सामाजिक विकासका कामहरू प्रभावित भएको हो।

सुदूरपश्चिम प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले गठन गरेको 'बाह्रवन साझेदारी वन कार्यक्रममा भएको अनियमितता छानबिन संसदीय उपसमिति'ले अध्ययनपछि बैंक खाता रोक्का गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयले निर्देशनालयलाई १० दिनभित्र प्रतिवेदन तयार गरेर पठाउन परिपत्र गरेको थियो। निर्देशनालयले वन डिभिजन कार्यालय कैलालीलाई सो पत्र पठाएको थियो।

मन्त्रालय र निर्देशनालयले वन डिभिजन कार्यालयलाई १० भित्र प्रतिवेदन तयार गर्न भने पनि एक महिना पुग्दासमेत डिभिजन कार्यालयले खेस्राबाहेक आधिकारिक प्रतिवेदन बुझाउन नसकेको मन्त्रालयका सचिव मेघनाथ काफ्लेले बताए। उनले भने, 'हामीले संसदीय समितिबाट प्रतिवेदन आएपछि संरक्षण बाहेकका अन्य काम रोक्नेसहित १० दिनभित्र प्रतिवेदन पेश गर्न परिपत्र गरेका थियौं।'

उनका अनुसार निर्देशनालयले एक महिना पुग्दा समेत कुनै प्रतिवेदन पेस गरेको छैन। 'अहिले नै निर्णय भन्न मिल्दैन। यसको निकास कहिले हुन्छ थाहा छैन,' उनी भन्छन्।

प्रदेश मन्त्रालयले निर्देशनालयलाई परिपत्र गरेपछि निर्देशनालयमार्फत वन डिभिजन कार्यालयमा परिपत्र गरिएको थियो। डिभिजन कार्यालयका प्रमुख अम्मर बुलनले भने, 'हामीले खेस्रा प्रतिवेदन पेस गरिसकेका छौं। त्यसमा सचिवज्यूको प्रतिक्रिया आएपछि कार्यालयबाट आधिकारिक प्रतिवेदन मन्त्रालयमा पेस गर्नेछौं।'

तर, सचिव काफ्लेले खेस्रा प्रतिवेदन भएकाले आफूले नहेरेको बताए। 

डिभिजन कार्यालय कैलालीले बुझाएको खेस्रा प्रतिवेदनमा संरक्षणको काम प्रभावित भएको उल्लेख छ। वन डिभिजन प्रमुख बुलनले भने संरक्षण र वन व्यवस्थापनको कामलाई निरन्तरता दिनुपर्ने र सामाजिक विकासको काम अर्को नीति नआएसम्म रोक्न भनि मन्त्रालयमा सुझाव पठाएको बताए।

संसदीय उपसमितिले भने वैज्ञानिक वन व्यवस्थापन अवधारणा नै गलत भएको ठहर सहितको प्रतिवेदन तयार पारेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

वन डिभिजन कार्यालय कैलालीले बुझाएको खेस्रा प्रतिवेदनमा समितिले खाता रोक्का गरेपछि संरक्षणको काम र वन व्यवस्थापनको काम प्रभावित भएको जनाइएको छ। खेस्रा प्रतिवेदनमा भनिएको छ, 'अहिले वन डढेलो, चोरी, शिकारी लगायतका क्रियाकलाप बढ्ने देखिएको छ। वाह्रवनमा आठ जना वन संरक्षक रहेका छन्। त्यस्तै व्यवस्थापनमा पनि ज्यालादारीमा काम गर्ने कामदार रहेका छन्। बैंक खाता रोक्का हुँदा उनीहरूले काम गर्ने वातावरण वनेको छैन।' 

कार्यालय प्रमुख बुलनले ‘खाता रोक्का भएपछि संरक्षण र दैनिक ज्यालादारीमा काम गर्ने मानिसको काम गर्ने मनोबल घट्ने’ बताए।

कार्यालयले बाह्रवन साझेदारी कार्यक्रमको गत वर्षको सामाजिक विकासको भुक्तानी गर्न दिन सुझाव दिएको छ। सो प्रतिवेदनमा ‘गत वर्ष सामाजिक विकास कार्यक्रम अन्तर्गत केही कामहरूको भुक्तानी हुन सकेको छैन। त्यसको भुक्तानी हुनुपर्छ भने सोही समयमा घाटगद्दी भएका काठहरू पनि बिक्री वितरण गर्न पाउनुपर्छ' भनिएको छ।

कार्यालयका अनुसार गत वर्ष ४० हजार क्यूफिट काठमात्र बिक्री भएको र घाटगद्दी भएको काठको विवरण आउन बाँकी रहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वाह्रवन साझेदारी वनका अध्यक्ष ठक्करबहादुर शाहीले ‘संरक्षणसँगै वन व्यवस्थापन र सामाजिक विकासको कामहरू प्रभावित भएको’ बताए। उनले यस वर्ष वन व्यवस्थापनका लागि एक लाख क्यूफिट काठ कटानी गर्ने कार्यक्रम पारित भएको र सामाजिक विकास कार्यक्रम अन्तर्गत एक वडामा १२ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको बताए। खाता रोक्का भएपछि काठ कटानी र सामाजिक विकास कार्यक्रममा ठूलो प्रभाव परेको उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६  १४:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्