काठमाडौं– नवगठित समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक बस्दैछ।
काठमाडौंको 'क्वालिटी ब्यांक्वेट'मा बैठक बस्न लागेको नेता डम्बर खतिवडाले जानकारी दिए। 'पार्टीका केन्द्रीय सदस्यहरुको परिचय र एकअर्कामा घुलमिल होस् भनेर बैठक बोलाइएको हो', खतिवडाले भने।
नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच सोमबार मात्रै एकीकरण भई समाजवादी पार्टी बनेको थियो।
पार्टीको ४ सय २९ जना केन्द्रीय सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।