फाइल तस्बिर
काठमाडाैं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बजेटको अवस्था नहेरी नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
कांग्रेस नेता सिंहले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समावेस गरिएका नारा राम्रो भएपनि त्यसलाई कार्यान्वयन गर्ने स्रोत र साधन भने नभएको पनि दाबी गरे। मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आगामी ४ वर्षभित्र दोहोरो आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य नीति तथा कार्यक्रममा भएपनि त्यसका लागि स्रोत र साधनको व्यवस्था गर्न भने सरकारले नसकेको जिकिर गरे।
'मुलुकलाई सन् २०३० भित्र मध्यम आए भएको मुलुक बनाउन तत्कालका लागि करिब १४ खर्ब बजेट थप चाहिने भएपनि सरकारले त्यो बजेट कहाँबाट ल्याउने? यस सम्बन्धी कुनै योजना नीति तथा कार्यक्रममा समावेश गर्न सरकार चुकेकाे छ', नेता सिंहको भनाइ छ।
नेता सिंहले काठमाडौंलाई धुलो मुक्त बनाउन नसक्ने सरकारले राजमार्गमा मै हवाइजहाज 'ल्यान्ड' गराउने योजना सारेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले सरकारको नीति तथा कार्यक्रम माध्यामिक तहका तेज विद्यार्थीले लेखेको निबन्धजस्तो भएपनि त्यसको कार्यान्वयनका लागि विश्वसनीय आधार नभएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।