ठूलो मुखवाला ढब्बु माछो
साना माछा खाइरहेछ ।
सानो माछा पनि
झन् सानो माछा खाइरहेछ ।
त्यो झन् सानो माछा
भुरा माछा खाइरहेछ ।
दुःख भाग्यमानीको
खुराक भएर फुल्छ ।
खुसियालीको प्रत्येक गहिराइमा
एक थोपा आँसु हुन्छ ।
अनुवाद: क्षेत्रप्रताप अधिकारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।