• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

काजलको फिल्म सुटिङ

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १५, २०७४  ०५:५९
1140x725

‘तँ मेरो नाजायज सन्तान होस्। यदि तँलाई नागरिकता चाहिन्छ भने मैसँग बस्। नत्र भने आजीवन अनागरिक भएर बस्न बाध्य हुनेछेस्। बुझिस् तैंले?’ 

सायद यो एकालाप कुनै फिल्मको हुँदो हो त सो फिल्म चल्ने एउटा सेतु साबित हुन सक्थ्यो। यो एकालापको गाम्भीर्यभित्र कुनै कथा छिपेको छ। उसै पनि एउटा बूढो पुरुषको मुखारबिन्दबाट बोली फुटेको छ। अरूका मनमा कौतूहल जाग्नु स्वाभाविकै हो। 

‘नाजायज छोरी! स्वघोषित त्यो नाजायज बाबुचाहिँ को होला?’ नाजायज सन्तान कहलिएकी युवती मूर्तिवत् उभिएकी उभियै भई। मनभित्र रिसको पोको पारिसकेकी छ। एक मनले त नसोचेकी पनि होइन, गएर झ्यामझ्यामी गाला चड्काइदिऊँ। मुखभरि थुकिदिऊँ। तर केही पनि हुन पाएन। केही गर्ने ह्याउ आएन उसलाई! 

***

‘काजल दिदी, काजल दिदी। तपाईँलाई उता गोपाल सरले बोलाउनुभा’ छ। छिटो हिँड्नोस् रे।’ युवतीलाई डाक्न एक किशोर आयो। उसलाई किशोरको बोली मन परेन। बेसरी गाली गर्न थाली-  ‘तेरो थुतुनो लुछिदिऊँ मोरा? तँजस्तो दुईपैसे स्पटब्वाईले पनि मेरो नाम काट्ने भइसकिस्? भन्ने भए काजल मेडम भन्। होइन भने मसँग बोल्नुपर्दैन।’ 

बिचरो केटो! एक वचन नफर्काई पूर्वस्थानतिर लाग्यो। 

केहीबेरपछि काजल उपस्थित भई। गोपाल सरको बर्बनी तातिरहेको रहेछ। देख्नासाथ हकार्न थाल्यो- ‘काजल, कता हराइरहेकी तिमी? मैले डाक्न पठाएपछि तुरुन्तै आउनु पर्दैनथ्यो? उ: हेर उता। फेरि बादल डम्म भइसक्यो! यस्तो तालले त यो सिन शुट गर्न एक हप्ताले पनि...!’

‘डाइरेक्टर साप। आज मेरो मुड छैन। त्यसैले म सुटिङमा बस्न सक्तिनँ।’ हठात् नायिकाले आफ्नो निर्णय सुनाइदिई। निर्देशक गोपाल छक्क पर्यो! करकापमा पारेर बाँकी सुटिङ सक्ने आँट गरेन उसले। 

Ncell 2
Ncell 2
nimb
nimb

रात परेपछि डाइरेक्टर सापलाई बिजुलीपानी तुन्क्याउनुपर्ने रहेछ! तर उसकी पत्नीलाई सोमरसको दुर्गन्धले सताउँथ्यो। त्यही कारणले पनि डाइरेक्टर सापकी पत्नी कर्कशा थिइन्। सधैंझैं त्यो साँझ पनि हकारिन्- ‘यो कुकुरको मूत नधोके के हुन्छ? थकाइसकाइ केही मेटाउँदैन यसले। यो त तिमीजस्ता जँड्याहाको जाँड धोक्ने बहाना मात्र हो। नामर्द कहाँको!

‘चुप लाग्...।’ डाइरेक्टर पतिले बेसरी झपार्‍यो- ‘यहाँ मान्छेलाई कत्रो टेन्सन परिराख्या छ, ऊ भने कचकच गरिरहन्छे। सुटिङमा हिँड्ने गर् न। अनि चाल पाउँछेस्।’ त्यो हकाराइपछि पत्नी अलि तल झरिन्। डाइरेक्टर सापको स्वर नै कडा! सुटिङमा ‘ओके, कट्’ भन्दाखेरि कनेर बोल्ने बानी छ। त्यसरी नबोले बाहिरी तमासेहरूको हल्लालाई चिर्न सकिन्न। 

पतिले सितन खाँदै ट्वाक्क जिब्रो पड्काए र एक पेग स्वाट्ट लगाए। रक्सी तान्दातान्दै गोपाल सरको मनमा एउटा विचारले घडेरी जमायो। नायिका काजललाई भेट्न आउने बूढो मानिसको बारेमा जान्ने विचार आयो। आखिर को हो त्यो? किन बारम्बार सुटिङ बिथोल्न आइरहन्छ? 

अर्को दिन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुटिङको दौरान खाली समय थियो। नायिका काजल र निर्देशक गोपाल परतिर गएर गफ गर्न थाले। गोपाल बाठो थियो। कुरोलाई सेलरोटी झैं घुमाउन थाल्यो। उसले हिरोइन काजलको मनसुवा बुझ्न चाहेको थियो। सत्यतथ्य कुराको उद्घाटन गर्न चाहेको थियो। अतः गफ दिन थाल्यो- ‘हामी यो फिल्मका दुइटा गीत दृश्यांकन गर्नका निमित्त जापान जाँदैछौँ। यदि तिमी गइनौ भने फिल्म चौपट हुन्छ। निर्माता त डुब्छ नै। म पनि...।’

‘तर मेरो त पासपोर्ट छैन नि गोपाल सर।’ हत्त न पत्त काजलले मुख खोली। भन्न चाहन्नथी, सायद। नत्र त हत्केलाले पुर्पुरो ठोक्दैनथी। गोपाल सरले बुझ पचाएर सोध्यो- ‘किन नबनाएकी त पासपोर्ट? नायिका भएपछि विदेश गइरहनुपर्छ भन्ने कुरा थाहा थिएन तिमीलाई?’ 

‘यो किनको जवाफ मसँग छैन गोपाल सर।’ यस्तो जवाफ सुनेर निर्देशक चिढियो। ऊ काजलको खास कमजोरी पत्ता लगाउन चाहन्थ्यो ताकि ब्ल्याकमेलिङ गर्न सजिलो होस्। उसले दबाबपूर्वक आदेश दियो- ‘मलाई अरू कुरा थाहा छैन। यो एक हप्ताभित्र तिमीले पासपोर्ट बनाएर मेरो हातमा राखिदिनुपर्छ। बस्, कुरो यत्ति हो मैले जानेको।’

रातको खाना खाने बेलामा काजलले आमासामु वेदना पोखी- ‘मामी। मलाई पासपोर्टको आवश्यकता पर्‍यो। गोपाल सरले जापान लैजाने रे।’ 

‘तर छोरी...।’ काजलकी आमाले कमजोरी देखाइहाली- ‘पासपोर्ट त्यसै बन्दैन। पहिले नागरिकता चाहियो नि।’ काजलसामु समस्याको पर्खाल उभियो। उसले नचाहेरै मुख खोल्नुपर्यो। उसको बाबुले बारम्बार चेतावनी दिने गरेको विवरण सुनाई। अनायासै काजलकी माताश्रीको बर्बनी तातेर आयो। उसले निश्चित गरी, अबदेखि आफू पनि रोजिन्दा सुटिङमा जानेछे। 

बूढीले केही एनजिओ स्थापना गरेर समाजसेवा गरेकी ढोँग रचेकी थिई। देशमा एउटा हल्लाले निकै प्रश्रय पाउन थालेको थियो। त्यो के भने, आमाको नाउँबाट पनि नागरिकता दिने कानुन बन्नेवाला छ। असम्भव थिएन। त्यस व्यवस्थाका लागि देशका नारीवादी महिलाहरू सक्रिय भएर लागेका थिए।  

एक दिन काजलकी आमा आफ्नी छोरीको 'नाजायज' बाबुलाई भेट्न पुगी। अफिसमा एक्कासि पूर्वपत्नीलाई देखेर आत्तियो ऊ-  ‘आ..आम्मै ! ति..तिमी यहाँ? प्लिज, बस न माया।’ 
‘म यहाँ बस्न आएकी होइन। तेरो हैसियत सम्झाउन मात्र आएकी हुँ...।’ बूढीले मार्छे कि क्या हो? पूर्वपतिको अलिकति पनि भाउ राखिन। बूढोले छोरीलाई त निकै तर्साएको थियो। तर पूर्वपत्नीसँग त सिस्नु गलेझैं गल्दो रहेछ। 

मायाले उसलाई कडा चेतावनी दिई- ‘आइन्दा फेरि छोरीलाई सताउन गइस् भने जेल पठाइदिन्छु!’ पूर्वपतिको ओठ खुल्दै खुलेन। माया गइसकेपछि टेबुलमा हात बजारेर मन शान्त पार्‍यो!

***

काजलकी आमा मायाले गोपाल सरलाई भेटी। उसले सुटिङ स्पटमै कडा निर्देशन दिई- ‘डाइरेक्टर सापले मेरी छोरीलाई जापान लाने कष्ट नउठाउनुहोला। जाबो दुइटा गीतका लागि विदेशमा सुटिङ गर्नुपर्छ? कुन मुर्गा रहेछ निर्माता भनौंदो? डाइरेक्टरले जे भने पनि हस् भन्ने? यहीँ छन् नि चाहेजस्ता सुटिङ स्थलहरू।’ 

‘ठीकै छ। म कोसिस गर्नेछु।’ गोपालले माने झैं गर्‍यो। तर मनभित्र चाहिँ ईख लिइरहेको थियो- ‘कस्ती आइमाईको जालमा परिएछ! मैले जानेको छु, कसका लागि के गर्नुपर्छ। यी घमण्डी आमाछोरीकै सेखी नझारी त कहाँ छोडूँला र।’ 

फिल्मी बजारमा एउटा हल्ला चल्न सुरू गर्‍यो। त्यो प्रायोजित थियो? वा स्वत:स्फूर्तरूपमा? त्यो भने बुझ्न सकिएको थिएन। हल्ला नराम्रो थियो। निर्देशक गोपाल र नायिका काजलबीच भित्री साँठगाँठ छ। अन्तरंग सम्बन्ध पनि छ। बेला बेलामा यिनीहरू सुटिङ स्थल छाडेर गायब हुन्छन्। यस्तै यस्तै। 

वास्तवमा गोपाल त्यही क्षणको प्रतीक्षामा रहेछ! ऊ त चलचित्रकर्मी। नयाँनयाँ कहानीको खोजीमा हुन्छ नै। उसले काजललाई नवीन कथाको स्रोत बनाउने विचार गरिसकेको थियो। उसले काजलसँग समय माग्यो। 

उनीहरू डिनर खाने बहानामा बानेश्वरको भव्य होटलमा पुगे। उसले सोध्यो- ‘तिमी के लिन्छ्यौ?’ 

‘तपाईँ त एक नम्बरकी स्वार्थी आइमाई हुनुहुँदो रहेछ मामी!’ आज पहिलो पटक छोरीले आमालाई दुत्कारी- ‘छिः मलाई त मामी भन्न पनि घृणा लागेर आयो। आमा र स्वास्नीको नातामा एक कलंकिनी महिला हो तपाईँ। एक घमण्डी महिला! त्यो कालो अनुहार नदेखाउनोस् मलाई।’ 

‘बियर मात्रै चल्छ मलाई त।’ हिरोइनले दारिमे दन्त प्रदर्शन गरी। गोपालले हार्ड ड्रिंक्स समात्यो। ऊ बोल्न सुरू गर्‍यो- ‘काजल, मलाई नयाँ फिल्मको लागि राम्रो स्टोरी चाहिएको छ। तिमी लेखिदिन सक्छ्यौ? मेरो मतलब...।’

‘स्टप इट्! यु ब्लडी बास्टर्ड...!’ हठात् उसले मुखैमा जुठो बियर हुत्याइदिई। दायाँबायाँका ग्राकहरूले ठाने, केटीलाई रक्सीको मात लागेछ! गोपालले सोचिसकेको हो, कपालमा समातेर ठिक गर्न। तर ऊ संयमित भयो। आफ्नो इमेजको ख्याल गर्‍यो। यत्तिचाहिँ गर्न भ्यायो, काजलको छाती ढाकेको सलले मुख पुछ्यो। 

घरमा गएपछि काजल आमासँग झगडा गर्न थाली। आमाले रिसाएर भनी- ‘तिमीलाई जम्मै कुरा अवगत भइसकेछ त! फेरि किन नानाथरी कुरा सोधेर मलाई हैरान पार्छ्यौ छोरी?’
‘किनकि म हजुरकै मुखबाट सबै कुराहरू सुन्न चाहन्छु मामी। छिटो भनिस्योस् न। वास्तविकता के हो?’ 

मायाले कहानी यसरी बताई- 
उसको पहिलो प्रेमी मिश्र थरको एक पुरुष थियो। त्यसताका उनीहरू त्रिचन्द्र कलेजमा अध्ययनरत थिए। त्यो घटना बिएस्सी पढ्दा घटेको थियो। मायाको परिवारले उनीहरूको प्रेमलाई रुचाएन। तर मायाको जिद्दीको अगाडि उसको परिवार घुँडा टेक्न बाध्य भयो। मिश्रसँग मायाको लगनगाँठो कस्सियो तर दाम्पत्य जीवन सफल भएन। मायाको उत्कट चाहना थियो, अरू नारीहरूजस्तै आमा बन्ने। ऊ एउटा मिठो तलतल मेटाउन चाहन्थी। एउटा बच्चा जन्माउन चाहन्थी। त्यो बच्चाको च्यहाँच्याहाँ आवाज श्रवण गर्ने एक मात्र लक्ष्य लिएर अघि बढिरहेकी थिई ऊ। पहिलो पतिबाट त्यो सम्भव भएन। तसर्थ मिश्रलाई छाडिदिई।

समय बित्दै गयो। मायाको जीवनले अर्को मोड लियो। त्रिविविमा एमएमा पढिरहेकी थिई। उसले देवराजसँग हिमचिम बढाई र प्रेमको नाटक गरी। केही समय त्यो नाटक मञ्चन भइरह्यो। देवराजसँगको समागमबाट काजललाई जन्माई उसले। त्यसपछि उसको उपयोगिता समाप्त भएको घोषणा गरी। बस्, कथा सकियो।

‘तपाईँ त एक नम्बरकी स्वार्थी आइमाई हुनुहुँदो रहेछ मामी!’ आज पहिलो पटक छोरीले आमालाई दुत्कारी- ‘छिः मलाई त मामी भन्न पनि घृणा लागेर आयो। आमा र स्वास्नीको नातामा एक कलंकिनी महिला हो तपाईँ। एक घमण्डी महिला! त्यो कालो अनुहार नदेखाउनोस् मलाई।’ 

‘के भन्न खोजेकी तैँले? त्यो जात नमिल्ने मान्छेसँग म बस्न सक्थेँ त? आज तैँले त्यसकै जात जनाइस् काजल! मलाई लोग्नेमान्छे चाहिएको थियो, युज गरेँ। सो ह्वाट्?’ 

‘ह्वाट् न स्वाट्, सिसी प्वाट्!’ अचानक देवराजको आगमन भयो। आजचाहिँ उसले अलिकति चुस्स लगाएर आएको रहेछ! अनि पो पूर्वपत्नीलाई जवाफ दियो- ‘मजस्तो हैसियत नभएको मान्छेसँग बस्न अप्ठेरो भो हैन त? जातभात मिलेन हैन त? तिमीलाई लोग्नेमान्छे भए पुग्दो रहेछ। तर मलाई आफ्नो रगतको माया लाग्छ। काजल, तिमी मसँग जान्छ्यौ कि...?’

‘म अब एकछिन पनि बस्न सक्तिनँ बुबा।’ उसले आमातिर वक्रदृष्टिले हेरेर जवाफ दिई- ‘म पनि हजुरसँगै जान्छु। हजुरसँगै बस्छु।’ मायाले रोक्ने चेष्टा गर्दै थिई। तर छोरीले हात झड्कारेर अघि बढी। देवराजले छोरीलाई लिएर गयो। माया एक्ली भई। उसको सहारा भन्नु केवल आँसुका धारा मात्र थिए। घमण्डी महिलाको भागमा अरू पर्ने त कुरै थिएन।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्