• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

काजलको फिल्म सुटिङ

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १५, २०७४  ०५:५९
1140x725

‘तँ मेरो नाजायज सन्तान होस्। यदि तँलाई नागरिकता चाहिन्छ भने मैसँग बस्। नत्र भने आजीवन अनागरिक भएर बस्न बाध्य हुनेछेस्। बुझिस् तैंले?’ 

सायद यो एकालाप कुनै फिल्मको हुँदो हो त सो फिल्म चल्ने एउटा सेतु साबित हुन सक्थ्यो। यो एकालापको गाम्भीर्यभित्र कुनै कथा छिपेको छ। उसै पनि एउटा बूढो पुरुषको मुखारबिन्दबाट बोली फुटेको छ। अरूका मनमा कौतूहल जाग्नु स्वाभाविकै हो। 

‘नाजायज छोरी! स्वघोषित त्यो नाजायज बाबुचाहिँ को होला?’ नाजायज सन्तान कहलिएकी युवती मूर्तिवत् उभिएकी उभियै भई। मनभित्र रिसको पोको पारिसकेकी छ। एक मनले त नसोचेकी पनि होइन, गएर झ्यामझ्यामी गाला चड्काइदिऊँ। मुखभरि थुकिदिऊँ। तर केही पनि हुन पाएन। केही गर्ने ह्याउ आएन उसलाई! 

***

‘काजल दिदी, काजल दिदी। तपाईँलाई उता गोपाल सरले बोलाउनुभा’ छ। छिटो हिँड्नोस् रे।’ युवतीलाई डाक्न एक किशोर आयो। उसलाई किशोरको बोली मन परेन। बेसरी गाली गर्न थाली-  ‘तेरो थुतुनो लुछिदिऊँ मोरा? तँजस्तो दुईपैसे स्पटब्वाईले पनि मेरो नाम काट्ने भइसकिस्? भन्ने भए काजल मेडम भन्। होइन भने मसँग बोल्नुपर्दैन।’ 

बिचरो केटो! एक वचन नफर्काई पूर्वस्थानतिर लाग्यो। 

केहीबेरपछि काजल उपस्थित भई। गोपाल सरको बर्बनी तातिरहेको रहेछ। देख्नासाथ हकार्न थाल्यो- ‘काजल, कता हराइरहेकी तिमी? मैले डाक्न पठाएपछि तुरुन्तै आउनु पर्दैनथ्यो? उ: हेर उता। फेरि बादल डम्म भइसक्यो! यस्तो तालले त यो सिन शुट गर्न एक हप्ताले पनि...!’

‘डाइरेक्टर साप। आज मेरो मुड छैन। त्यसैले म सुटिङमा बस्न सक्तिनँ।’ हठात् नायिकाले आफ्नो निर्णय सुनाइदिई। निर्देशक गोपाल छक्क पर्यो! करकापमा पारेर बाँकी सुटिङ सक्ने आँट गरेन उसले। 

nimb
nimb
Ncell 2
Ncell 2

रात परेपछि डाइरेक्टर सापलाई बिजुलीपानी तुन्क्याउनुपर्ने रहेछ! तर उसकी पत्नीलाई सोमरसको दुर्गन्धले सताउँथ्यो। त्यही कारणले पनि डाइरेक्टर सापकी पत्नी कर्कशा थिइन्। सधैंझैं त्यो साँझ पनि हकारिन्- ‘यो कुकुरको मूत नधोके के हुन्छ? थकाइसकाइ केही मेटाउँदैन यसले। यो त तिमीजस्ता जँड्याहाको जाँड धोक्ने बहाना मात्र हो। नामर्द कहाँको!

‘चुप लाग्...।’ डाइरेक्टर पतिले बेसरी झपार्‍यो- ‘यहाँ मान्छेलाई कत्रो टेन्सन परिराख्या छ, ऊ भने कचकच गरिरहन्छे। सुटिङमा हिँड्ने गर् न। अनि चाल पाउँछेस्।’ त्यो हकाराइपछि पत्नी अलि तल झरिन्। डाइरेक्टर सापको स्वर नै कडा! सुटिङमा ‘ओके, कट्’ भन्दाखेरि कनेर बोल्ने बानी छ। त्यसरी नबोले बाहिरी तमासेहरूको हल्लालाई चिर्न सकिन्न। 

पतिले सितन खाँदै ट्वाक्क जिब्रो पड्काए र एक पेग स्वाट्ट लगाए। रक्सी तान्दातान्दै गोपाल सरको मनमा एउटा विचारले घडेरी जमायो। नायिका काजललाई भेट्न आउने बूढो मानिसको बारेमा जान्ने विचार आयो। आखिर को हो त्यो? किन बारम्बार सुटिङ बिथोल्न आइरहन्छ? 

अर्को दिन। 

सुटिङको दौरान खाली समय थियो। नायिका काजल र निर्देशक गोपाल परतिर गएर गफ गर्न थाले। गोपाल बाठो थियो। कुरोलाई सेलरोटी झैं घुमाउन थाल्यो। उसले हिरोइन काजलको मनसुवा बुझ्न चाहेको थियो। सत्यतथ्य कुराको उद्घाटन गर्न चाहेको थियो। अतः गफ दिन थाल्यो- ‘हामी यो फिल्मका दुइटा गीत दृश्यांकन गर्नका निमित्त जापान जाँदैछौँ। यदि तिमी गइनौ भने फिल्म चौपट हुन्छ। निर्माता त डुब्छ नै। म पनि...।’

‘तर मेरो त पासपोर्ट छैन नि गोपाल सर।’ हत्त न पत्त काजलले मुख खोली। भन्न चाहन्नथी, सायद। नत्र त हत्केलाले पुर्पुरो ठोक्दैनथी। गोपाल सरले बुझ पचाएर सोध्यो- ‘किन नबनाएकी त पासपोर्ट? नायिका भएपछि विदेश गइरहनुपर्छ भन्ने कुरा थाहा थिएन तिमीलाई?’ 

‘यो किनको जवाफ मसँग छैन गोपाल सर।’ यस्तो जवाफ सुनेर निर्देशक चिढियो। ऊ काजलको खास कमजोरी पत्ता लगाउन चाहन्थ्यो ताकि ब्ल्याकमेलिङ गर्न सजिलो होस्। उसले दबाबपूर्वक आदेश दियो- ‘मलाई अरू कुरा थाहा छैन। यो एक हप्ताभित्र तिमीले पासपोर्ट बनाएर मेरो हातमा राखिदिनुपर्छ। बस्, कुरो यत्ति हो मैले जानेको।’

रातको खाना खाने बेलामा काजलले आमासामु वेदना पोखी- ‘मामी। मलाई पासपोर्टको आवश्यकता पर्‍यो। गोपाल सरले जापान लैजाने रे।’ 

‘तर छोरी...।’ काजलकी आमाले कमजोरी देखाइहाली- ‘पासपोर्ट त्यसै बन्दैन। पहिले नागरिकता चाहियो नि।’ काजलसामु समस्याको पर्खाल उभियो। उसले नचाहेरै मुख खोल्नुपर्यो। उसको बाबुले बारम्बार चेतावनी दिने गरेको विवरण सुनाई। अनायासै काजलकी माताश्रीको बर्बनी तातेर आयो। उसले निश्चित गरी, अबदेखि आफू पनि रोजिन्दा सुटिङमा जानेछे। 

बूढीले केही एनजिओ स्थापना गरेर समाजसेवा गरेकी ढोँग रचेकी थिई। देशमा एउटा हल्लाले निकै प्रश्रय पाउन थालेको थियो। त्यो के भने, आमाको नाउँबाट पनि नागरिकता दिने कानुन बन्नेवाला छ। असम्भव थिएन। त्यस व्यवस्थाका लागि देशका नारीवादी महिलाहरू सक्रिय भएर लागेका थिए।  

एक दिन काजलकी आमा आफ्नी छोरीको 'नाजायज' बाबुलाई भेट्न पुगी। अफिसमा एक्कासि पूर्वपत्नीलाई देखेर आत्तियो ऊ-  ‘आ..आम्मै ! ति..तिमी यहाँ? प्लिज, बस न माया।’ 
‘म यहाँ बस्न आएकी होइन। तेरो हैसियत सम्झाउन मात्र आएकी हुँ...।’ बूढीले मार्छे कि क्या हो? पूर्वपतिको अलिकति पनि भाउ राखिन। बूढोले छोरीलाई त निकै तर्साएको थियो। तर पूर्वपत्नीसँग त सिस्नु गलेझैं गल्दो रहेछ। 

मायाले उसलाई कडा चेतावनी दिई- ‘आइन्दा फेरि छोरीलाई सताउन गइस् भने जेल पठाइदिन्छु!’ पूर्वपतिको ओठ खुल्दै खुलेन। माया गइसकेपछि टेबुलमा हात बजारेर मन शान्त पार्‍यो!

***

काजलकी आमा मायाले गोपाल सरलाई भेटी। उसले सुटिङ स्पटमै कडा निर्देशन दिई- ‘डाइरेक्टर सापले मेरी छोरीलाई जापान लाने कष्ट नउठाउनुहोला। जाबो दुइटा गीतका लागि विदेशमा सुटिङ गर्नुपर्छ? कुन मुर्गा रहेछ निर्माता भनौंदो? डाइरेक्टरले जे भने पनि हस् भन्ने? यहीँ छन् नि चाहेजस्ता सुटिङ स्थलहरू।’ 

‘ठीकै छ। म कोसिस गर्नेछु।’ गोपालले माने झैं गर्‍यो। तर मनभित्र चाहिँ ईख लिइरहेको थियो- ‘कस्ती आइमाईको जालमा परिएछ! मैले जानेको छु, कसका लागि के गर्नुपर्छ। यी घमण्डी आमाछोरीकै सेखी नझारी त कहाँ छोडूँला र।’ 

फिल्मी बजारमा एउटा हल्ला चल्न सुरू गर्‍यो। त्यो प्रायोजित थियो? वा स्वत:स्फूर्तरूपमा? त्यो भने बुझ्न सकिएको थिएन। हल्ला नराम्रो थियो। निर्देशक गोपाल र नायिका काजलबीच भित्री साँठगाँठ छ। अन्तरंग सम्बन्ध पनि छ। बेला बेलामा यिनीहरू सुटिङ स्थल छाडेर गायब हुन्छन्। यस्तै यस्तै। 

वास्तवमा गोपाल त्यही क्षणको प्रतीक्षामा रहेछ! ऊ त चलचित्रकर्मी। नयाँनयाँ कहानीको खोजीमा हुन्छ नै। उसले काजललाई नवीन कथाको स्रोत बनाउने विचार गरिसकेको थियो। उसले काजलसँग समय माग्यो। 

उनीहरू डिनर खाने बहानामा बानेश्वरको भव्य होटलमा पुगे। उसले सोध्यो- ‘तिमी के लिन्छ्यौ?’ 

‘तपाईँ त एक नम्बरकी स्वार्थी आइमाई हुनुहुँदो रहेछ मामी!’ आज पहिलो पटक छोरीले आमालाई दुत्कारी- ‘छिः मलाई त मामी भन्न पनि घृणा लागेर आयो। आमा र स्वास्नीको नातामा एक कलंकिनी महिला हो तपाईँ। एक घमण्डी महिला! त्यो कालो अनुहार नदेखाउनोस् मलाई।’ 

‘बियर मात्रै चल्छ मलाई त।’ हिरोइनले दारिमे दन्त प्रदर्शन गरी। गोपालले हार्ड ड्रिंक्स समात्यो। ऊ बोल्न सुरू गर्‍यो- ‘काजल, मलाई नयाँ फिल्मको लागि राम्रो स्टोरी चाहिएको छ। तिमी लेखिदिन सक्छ्यौ? मेरो मतलब...।’

‘स्टप इट्! यु ब्लडी बास्टर्ड...!’ हठात् उसले मुखैमा जुठो बियर हुत्याइदिई। दायाँबायाँका ग्राकहरूले ठाने, केटीलाई रक्सीको मात लागेछ! गोपालले सोचिसकेको हो, कपालमा समातेर ठिक गर्न। तर ऊ संयमित भयो। आफ्नो इमेजको ख्याल गर्‍यो। यत्तिचाहिँ गर्न भ्यायो, काजलको छाती ढाकेको सलले मुख पुछ्यो। 

घरमा गएपछि काजल आमासँग झगडा गर्न थाली। आमाले रिसाएर भनी- ‘तिमीलाई जम्मै कुरा अवगत भइसकेछ त! फेरि किन नानाथरी कुरा सोधेर मलाई हैरान पार्छ्यौ छोरी?’
‘किनकि म हजुरकै मुखबाट सबै कुराहरू सुन्न चाहन्छु मामी। छिटो भनिस्योस् न। वास्तविकता के हो?’ 

मायाले कहानी यसरी बताई- 
उसको पहिलो प्रेमी मिश्र थरको एक पुरुष थियो। त्यसताका उनीहरू त्रिचन्द्र कलेजमा अध्ययनरत थिए। त्यो घटना बिएस्सी पढ्दा घटेको थियो। मायाको परिवारले उनीहरूको प्रेमलाई रुचाएन। तर मायाको जिद्दीको अगाडि उसको परिवार घुँडा टेक्न बाध्य भयो। मिश्रसँग मायाको लगनगाँठो कस्सियो तर दाम्पत्य जीवन सफल भएन। मायाको उत्कट चाहना थियो, अरू नारीहरूजस्तै आमा बन्ने। ऊ एउटा मिठो तलतल मेटाउन चाहन्थी। एउटा बच्चा जन्माउन चाहन्थी। त्यो बच्चाको च्यहाँच्याहाँ आवाज श्रवण गर्ने एक मात्र लक्ष्य लिएर अघि बढिरहेकी थिई ऊ। पहिलो पतिबाट त्यो सम्भव भएन। तसर्थ मिश्रलाई छाडिदिई।

समय बित्दै गयो। मायाको जीवनले अर्को मोड लियो। त्रिविविमा एमएमा पढिरहेकी थिई। उसले देवराजसँग हिमचिम बढाई र प्रेमको नाटक गरी। केही समय त्यो नाटक मञ्चन भइरह्यो। देवराजसँगको समागमबाट काजललाई जन्माई उसले। त्यसपछि उसको उपयोगिता समाप्त भएको घोषणा गरी। बस्, कथा सकियो।

‘तपाईँ त एक नम्बरकी स्वार्थी आइमाई हुनुहुँदो रहेछ मामी!’ आज पहिलो पटक छोरीले आमालाई दुत्कारी- ‘छिः मलाई त मामी भन्न पनि घृणा लागेर आयो। आमा र स्वास्नीको नातामा एक कलंकिनी महिला हो तपाईँ। एक घमण्डी महिला! त्यो कालो अनुहार नदेखाउनोस् मलाई।’ 

‘के भन्न खोजेकी तैँले? त्यो जात नमिल्ने मान्छेसँग म बस्न सक्थेँ त? आज तैँले त्यसकै जात जनाइस् काजल! मलाई लोग्नेमान्छे चाहिएको थियो, युज गरेँ। सो ह्वाट्?’ 

‘ह्वाट् न स्वाट्, सिसी प्वाट्!’ अचानक देवराजको आगमन भयो। आजचाहिँ उसले अलिकति चुस्स लगाएर आएको रहेछ! अनि पो पूर्वपत्नीलाई जवाफ दियो- ‘मजस्तो हैसियत नभएको मान्छेसँग बस्न अप्ठेरो भो हैन त? जातभात मिलेन हैन त? तिमीलाई लोग्नेमान्छे भए पुग्दो रहेछ। तर मलाई आफ्नो रगतको माया लाग्छ। काजल, तिमी मसँग जान्छ्यौ कि...?’

‘म अब एकछिन पनि बस्न सक्तिनँ बुबा।’ उसले आमातिर वक्रदृष्टिले हेरेर जवाफ दिई- ‘म पनि हजुरसँगै जान्छु। हजुरसँगै बस्छु।’ मायाले रोक्ने चेष्टा गर्दै थिई। तर छोरीले हात झड्कारेर अघि बढी। देवराजले छोरीलाई लिएर गयो। माया एक्ली भई। उसको सहारा भन्नु केवल आँसुका धारा मात्र थिए। घमण्डी महिलाको भागमा अरू पर्ने त कुरै थिएन।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति?
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्