काठमाडौं- 'नेपालमा स्थानीय शासन : अवधारणा र अभ्यास' नामक पुस्तक प्रकाशन भएको छ।
त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक दिपेश घिमिरेद्वारा लिखित पुस्तकमा संघीयता र स्थानीय शासनको अवधारणा, विगतमा नेपालमा स्थानीय शासन लगायतका सन्दर्भ समेटिएको छ। नेपालमा स्थानीय शासन तथा लोकतन्त्रको ऐतिहासिक विकासक्रम, स्थानीय शासनको विगतको अभ्यास, आवधिक निर्वाचनको अभावमा नेपालका तत्कालीन स्थानीय निकायहरुले भोग्नुपरेको समस्या र त्यसबाट सिक्नुपर्ने पाठबारे पनि पुस्तकमा चर्चा छ।
नेपालमा संघीय शासन प्रणाली अबलम्बन गर्नुअघि स्थानीय शासनका विभिन्न अभ्यासहरु भएका थिए। खासगरी शक्तिको विकेन्द्रीकरण गरी शासन प्रणालीमा स्थानीय नागरिकको सहभागितालाई सुनिश्चित गर्ने प्रयासहरु निकै भएका थिए । यस्ता प्रयासहरु के कस्ता थिए? यसको अवधारणा के हो र नेपालमा स्थानीय शासनको अभ्यास कसरी भयो भन्ने बारेमा नै पुस्तक केन्द्रित छ।
पुस्तकमा विभिन्न १० अनुसन्धानमुलक लेख समेटिएका छन्। पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।