काठमाडौं- सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वायुसेवा निगमका एक कर्मचारीलाई पक्राउ गरेको छ।
निगमका कर्मचारी रञ्जित कुमार यादव पक्राउ परेका हुन्।
प्रहरीले सुन तस्करीको आरोपममा पक्राउ गरेको बताए पनि त्योभन्दा बढी केही भन्न नमिल्ने जनाएको छ।
'हामी अनुसन्धानको क्रममा छाैं, अहिले नै केही भन्न सक्ने अवस्था छैन', स्रोतले नेपाल लाइभसँग भन्यो।
स्रोतका अनुसार उनी विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न भएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।