काठमाडौं- आइताबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरू
१) सरकारको काम गर्ने शैलीबाट जनताले ठगिएको महसुस गरेको कांग्रेसको भनाई, सत्तारुढ दलका सांसदको प्रश्न– कहाँ छैन भ्रष्टाचार ?
२) सप्तरीमा मुखियाको दस्तखत कीर्ते गरी प्रधानाध्यापकद्वारा विद्यालयको लाखौं रकम हिनामिना, कीर्ते गरी रकम निकालेको स्वीकार ।
३) युद्धग्रस्त लिबियाबाट नेपाल फर्काइदिन नेपालीको गुहार, युद्धको चपेटामा १५ नेपाली श्रमिक ।
४) प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट जेठ पहिलो साता, २३ दिन सञ्चालन हुने प्रतियोगितामा १० टिमबीच प्रतिस्पर्धा ।
५) र, काश्मीरमा भाजपा नेताको गोली हानी हत्या, चुनावका दौरान भारत प्रशासित काश्मीरमा भएको यो पहिलो राजनीतिक घटना ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।