राजविराज– सप्तरीमा एक ब्यक्तिले आफनै पिताको हत्या गरेका छन्।
हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ३५ वर्षीय देवकुमार रामले ६० वर्षीय पिता जगदिश रामको हत्या गरेका हुन्।
घटना शनिबार राति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
देवकुमारले मादक पदार्थ सेवन गरी पितालाई कुटपिट गरेका थिए। गम्भीर घाइते भएका जगदिशको स्थानीय मेडिकल पसलमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
कुटपिटका कारण पिताको मृत्यु भएपछि देवकुमार परार भएकाले खोजतलास भइरहेको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।